बलात्कारका घटना वृद्धि
कर्णाली प्रदेशमा बलात्कारका घटना बर्सेनि बढ्दो रूपमा पाइएको छ ।
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैतमा हुने
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो ।
वडाले गर्दैनन् सार्वजनिक सुनुवाइ
जिल्लाका चार वटा स्थानीय तहका कुनै पनि वडाले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ ।
भिरबाट लडेर चार सयभन्दा बढीको मृत्यु
कर्णालीमा घाँस काट्ने क्रममा वा आवतजावत गर्दा भिरबाट खसेर मृत्यु हुने र घाइते हुने घटना नौलो होइन ।
भवन नबन्दा सिकाइ केन्द्रमै पढाइ
गत वर्ष कात्तिक १७ गते गएको भूकम्पले विद्यालयका भवन क्षतिग्रस्त भएपछि सिकाइ केन्द्रमा पठनपाठन हुँदै आएको छ ।
फुकोट–कर्णालीले मुआब्जा वितरण गर्ने
कालीकोटमा निर्माण हुन लागेको फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागेको छ ।
काम नगर्ने ठेकेदारसँग स्पष्टीकरण
चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ ।
सार्वजनिक सुनुवाइ नै गर्दैनन् मुगुका स्थानीय तह
जिल्लाका चार वटा स्थानीय तहका वडा कार्यालयहरूले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जबाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँ बस्तीमा नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्।
राराको छालमा छचल्किँदो मन
आहा ! कति रमणीय सौन्दर्य ! कति मिठो सरसराहट ! आमाको स्नेहिल स्पर्श ! रारा तिमीलाई कोटी कोटी प्रणाम !
बाढीपीडितले अझै पाएनन् राहत
विसं २०७९ को असोज महिनाको तेस्रो साता भएको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका थिए ।
पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
पलाँतामा ट्याङ्की छ, पानी छैन
कालीकोटको प्रायः धेरै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको परिपूर्तिका लागि गाउँमा संरचना बने पनि धारामा पानी भने आउँदैन ।
अनुगमनका क्रममा खानेपानीमन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार हुम्ला जिल्लामा रहेको सिमिकोट खानेपानी आयोजनाको क्षेत्रमा भएका कामका बारेमा जानकारी लिनुका साथै अनुगमन गर्दै ।
रैथाने उत्पादन बढाउने प्रदेश सरकारको योजना
कर्णाली प्रदेश सरकारले कृषि पर्यटन प्रवर्धन कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।
लोक सेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोक सेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ
राउटेले गरे महायज्ञमा मधुस दान
जङ्गलमा घुमन्ते जीवन बिताउने राउटे समुदायले सुर्खेतमा मानवसेवा आश्रमद्वारा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा दान गरेका छन् ।
हुस्सुले ढाकिएको चौरजहारी उपत्यका
जाजरकोट, मङ्सिर २८ गते । हुस्सुले ढाकिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नयाँ सहर आयोजनाका रुपमा विकास भएको चौरजहारी उपत्यका । तस्बिरः रासस
बर्सौंदेखि गाउँ धानेको ढुङ्गाखानी
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, गोइरीमा रहेको ढुङ्गाखानीको सिलेट, ढुङ्गा, मार्बल, टायल र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ ।
भूकम्पपीडितद्वारा गृहसचिवलाई ज्ञापनपत्र
जाजरकोट भूकम्पपीडितले अस्थायी आवास तथा सामुदायिक पुनर्निर्माणको काम तत्काल अगाडि बढाउन माग गरेका छन् ।
प्रभावकारी भएनन् प्रदेशस्तरीय कार्यक्रम
कर्णाली प्रदेश सरकारको लक्षित वर्ग विशेष कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
चिसोका कारण जनजीवन कष्टकर
कालीकोट जिल्लामा चिसो अत्यधिक बढेको छ । मङ्सिर २४ गते परेको पानीसँगै कालीकोटमा चिसो बढेको हो । चिसोका कारण जनजीवन कष्टकर बनिरहेको छ ।
जाजरकोटमा जिप दुर्घटना, ५ को मृत्यु २ घाइते
जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो ।
अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चारजना घाइते
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् ।