हुम्लामा हिमपात
हुम्ला, पुस ९ गते । सोमबार रातिदेखि हिमपात भएपछि मङ्गलबार बिहान हिउँले ढाकिएको हुम्ला सदरमुकाम सिमकोट क्षेत्र । तस्बिरः रासस
भेरी नदीमा उद्धार अभ्यास गर्दै
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस चिप्ले क्याम्पबाट खटिएको टोलीले गुर्भाकोट नगरपालिका–८ मेहलकुनास्थित भेरी नदीमा उद्धार अभ्यास गर्दै ।
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित
हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो ।
चर्किएकै भवनमा पढाइ, खुला चौरमा परीक्षा
रुकुमपश्चिममा भूकम्पले चर्किएका भवनमै पठनपाठन हुने गरेको छ भने खुला चौरमा परीक्षा सञ्चालन हुने गरेको छ ।
चिसो बढेपछि चौरमा परीक्षा
चिसो बढेपछि हिमाली जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । चिसोका कारण कालीकोटका सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयका अर्धवार्षिक परीक्षा चिसोका कारण चौरमा सञ्चालन गर्नु परेको हो ।
कानुन परिमार्जन गर्ने सहमति
कर्णाली प्रदेश सभाका सदस्य मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलक्षित कानुन परिमार्जन गर्न सहमत भएका छन् ।
चीन जोड्ने सडक निर्माणमा बजेट अभाव
चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगरिदिँदा ट्र्याक खोल्न ढिलाइ भएको छ ।
हिउँदे वर्षा नहुँदा किसान चिन्तित
हिउँदे वर्षा नभएपछि किसानमा चिन्ता बढेको छ । हिउँदे बालीका लागि मङ्सिर र पुसको पहिलो सातासम्म पनि पानी नपरेपछि उनीहरू चिन्तित बनेका हुन् ।
सहजताका लागि वडाबाटै सेवा
स्थानीय सरकारले समुदायमा सेवालाई सर्वसुलभ बनाउन नयाँ नयाँ अभ्यासको थालनी गरेका छन् ।
स्तनपान र बालमैत्री कक्ष स्थापना
जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ ।
जिप्रका जुम्लामा स्तनपान र बालमैत्री कक्ष स्थापना
जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ ।
सापुल्ली गाउँ
जुम्ला, पुस ७ गते । जुम्लाको तिला गाउँपालिका–४ मा अवस्थित सापुल्ली गाउँ । तस्बिरः रासस
हिंसापीडितलाई उपचार सेवा
कर्णाली प्रदेश अस्पतालबाट तीन वर्षको अवधिमा करिब तीन हजार हिंसापीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट उपचार सेवा दिइएको छ ।
काठका छाना विस्थापित गरेर जस्तापाता
साबिक कर्णालीका गाउँबस्तीका घर धेरै जसो स्थानीय वस्तुले निर्माण भएका छन् ।
कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस
कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस शनिबार देखापरेका हुन् ।
विद्यार्थी नपाउँदा विद्यालय बन्द
जिल्लामा केही वर्षअघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो ।
भूकम्प प्रभावितका लागि पुनर्लाभ परियोजना
भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण तथा पुनस्र्थापना गर्ने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकामा ‘भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनर्लाभ परियोजना’ सञ्चालनमा आएको छ ।
कर्णाली प्रतिष्ठानमा स्थायी कर्मचारीको आन्दोलन स्थागित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आन्दोलित स्थायी शिक्षक तथा कर्मचारीले आन्दोलन स्थागित गरेका छन् ।
शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला
जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ ।
भेरी लिफ्टिङ आयोजनालाई प्रदेशले दियो बजेट
भेरी लिफ्टिङ आयोजना अघि बढाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
भूकम्पपीडित पुनर्निर्माणको आसमा
गत वर्षको कात्तिक १७ गतेको भूकम्पले घर क्षतिग्रस्त भएका सर्वसाधारणले नयाँ घर बनाउन पाएका छैनन् ।
हटेन राजमार्गको पहिरो
मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमका विभिन्न स्थानमा खसेको पहिरो वर्ष दिनसम्म पूर्ण रूपमा नहटाउँदा दुर्घटनाको जोखिम रहेको छ ।
बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ ।
कोइला बालेर सुतेका आमा र छोराको मृत्यु
सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।