बस्ती संरक्षणको योजना कार्यान्वयन हुँदै
कर्णालीको भूगोल भिरालो छ । बस्ती बस्न र खेती गर्नका लागि त्यति उपयुक्त छैन । अस्वाभाविक भूबनोटका कारण बर्सेनि खेतीयोग्य जमिन मासिँदै गएको छ ।
भूकम्पपीडितको त्रासको बास
जाजरकोटका भूकम्पपीडित चर्किएका घरमा डरमै बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसकेपछि पीडित चर्किएका घरमा डरत्रासमै बस्न बाध्य भएका हुन् ।
मर्मत भएन खच्चड फसेको पुल
सात महिनाअघि पुलको लट्ठा चुँडिएर खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थाबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् ।
सुविधासम्पन्न विद्यालय भवन निर्माण
सिमकोट गाउँपालिका–८ को स्याँडागाउँको चरीचौरमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएर सञ्चालनमा आएको छ ।
राँको बालेर मनाइयो भुओ पर्व
हुम्लामा रातभर सल्लाको दियालोको राँको बालेर भुओ पर्व मनाइएको छ । आइतबार रातिबाट राँको बालेर सार्वजनिक स्थानमा जम्मा भएका स्थानीयले हातमा राँको बालेर भुओ पर्व मनाइएको ठेहे गाउँका कालीबहादुर बोहोराले बताउनुभयो ।
झारपातले कुरूप बन्दै राराताल
मुलुकको ठुलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पु¥याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो ।
खाँडाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान
कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।
भारतमा अलपत्र १३ जुम्लावासीको उद्धार
कामको सिलसिलामा भारतमा गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरि नेपाल पठाइएको छ ।
पिली भ्यूटावर
कालीकोट, पुस १४ गते । कालीकोटको खाँडाचक्र नगरपालिका ८, पिलीमा निर्माण भएको भ्यू टावर । तस्बिरः रासस
कालिकोटको मान्म बजार र आसपासकाे क्षेत्र
कालिकोट, पुस १४ गते । कालिकोटको मान्म बजार र आसपासकाे क्षेत्र । तस्बिरः रासस
कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताउनुभयो ।
भूकम्प प्रभावित बस्तीमा खानेपानी र शौचालय
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकामा भूकम्पले क्षति गरेका १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको छ । नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको हो ।
विषयगत समिति नेतृत्वविहीन
कर्णाली प्रदेश सभाका विषयगत समिति नेतृत्वविहीन अवस्थामा छन् ।
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो।
बजार नपाएपछि कुहिन थाल्यो किवी
जिल्लाका ग्रामीण बस्तीमा किसानले लगाएका किवीका फल बारीमै कुहिन थालेका छन् ।
घरघरमै खानेपानी सुविधा र शौचालय बनेपछि भूकम्प प्रभावित खुशी
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले एक घण्टा टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ। अहिले उहाँको घरमै मिटरसहितको धारा जडान भएको छ।
वन क्षेत्रमा बनाइएका घर भत्काइए
रुकुमपश्चिममा वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच वटा घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय अन्तर्गत चौफा सबडिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका –१० स्थित दुई वटा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइएको हो ।
गोठमा घाँस हाल्न गएका एक पुरुष मृत फेला
रुकुमपश्चिममा एक पुरुषको शव फेला परेको छ। जिल्लाको मुसीकोट नगरपालिका–७ साँखका ४७ वर्षीय तुल्सीराम घर्ती पाखागाँउस्थित आफ्नै गोठ नजिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
हुम्लामा तेस्रो पटक हिमपात (फोटो फिचर)
हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।
कर्णाली र लुम्बिनीद्वारा साझेदारी गर्ने सहमति
कर्णाली र लुम्बिनी प्रदेशको विकास निर्माण तथा जनजीविकाको सवालमा दुवै प्रदेशले आगामी दिनमा साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।
कालिकोटमा ३.७ म्याग्निच्युडको भूकम्प
कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति स्थानीय समय अनुसार २३ः३१ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) का अनुसार यो भूकम्प पुस १२ गते (सन् २०८१) मा मापन गरिएको हो।
सोह्र फिट अग्लो मूर्ति निर्माण
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथ शिवालय क्षेत्रमा जिल्लाकै सबैभन्दा अग्लो सोह्र फिटको शिव भगवान्को मूर्ति निर्माण गरिएको छ ।
फोर्स गाडी दुर्घटनामा चालक गम्भीर घाइते
सल्यानमा फोर्स गाडी दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका ५ का २६ बर्षिय नविन रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कर्णालीमा जेसिबी पल्टिँदा एकजना बेपत्ता
कालीकोटको पचालझरना गाउँपालिका ८ चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसीबी (डोजर) पल्टिँदा एक जना बेपत्ता हुनुभएको छ । कर्णाली करिडोरबाट नदीपारि जारकोट जाने क्रममा नदीमा डोजर पल्टिँदा डोजरसहित पचालझरना ८ का ४० वर्षीय कुस्माखर सन्ज्याल बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।