प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ ।
प्रेस सेन्टर जुम्लामा नयाँ समिति चयन : अध्यक्षमा दिलमाया शाही
प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन हुनुभएको छ । प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन गरिएको हो ।
भूकम्पले ढलेका घर ठडिएनन्
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले ढलेका घर अहिलेसम्म पनि ठडिएका छैनन् । भूकम्प जानुभन्दा अघि चहलपहल हुने भेरी नगरपालिका ३ पीपलडाँडा सुनसान छ ।
खानेपानी र विद्युत सेवा अनियमित हुँदा स्थानीयलाई सास्ती
मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा विद्युतदेखि खानेपानी र इन्टरनेट अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ।
डोल्पाको चुँ गाउँ
डोल्पा, पुस ४ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ मा अवस्थित चुँ गाउँ । तस्बिरः रासस
उवा बाली भित्र्याउन व्यस्त कृषक
डोल्पा, पुस ४ गते । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ । तस्बिरः रासस
जिते बजारको चहलपहल दोभानमा सर्यो
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सीमा क्षेत्रको जिते बजार अहिले पूरै खाली छ ।
खाली भएनन् सरकारी जग्गा
गत वर्षको असोज ४ र फागुन १७ गते सर्वदलीय तथा सर्वपक्षीय बैठकले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्णय गरेको एक वर्ष बित्दा पनि खाली हुन सकेको छैन ।
कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न कार्यदल
कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजकत्वमा कार्यदल गठन गर्न सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार सहमत भएका छन्।
छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास
सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ ।
उवा बाली भित्र्याउन व्यस्त कृषक
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ ।
बस्ती विकास योजनालाई प्राथमिकता
कर्णाली प्रदेश सरकारले बस्ती विकास योजनालाई प्राथमिकतामा राखेको छ ।
‘दलित सशक्तीकरण विधेयक छिट्टै पास हुन्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभामा पेस भएको दलित सशक्तीकरणसम्बन्धी विधेयक छिट्टै पास हुने बताउनुभएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि अख्तियारी
कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
कर्णालीमा घट्यो धान उत्पादन
कर्णाली प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ ।
कर्णालीमा धान उत्पादन बढ्यो
कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
जिउली पाटनका भेडा बेँसी झारियो
वर्षातको समयमा चरिचरनका लागि लेक क्षेत्रमा लिएका भेडा यतिबेला औला अर्थात् बेँसी क्षेत्रतिर झारिएका छन् । वर्षातको समयमा चरिचरनका लागि पर्यटकीय क्षेत्र जिउली अर्थात् त्रिवेणी पाटन लैजाने भेडाहरु कात्तिक लागेसँगै औल सार्ने गरिन्छ । यसपालि पनि भेडालाई समयमै तातो हुने क्षेत्रतिर झारिएको भेडा पालकको भनाइ छ ।
विवादित हाकिमले गरे ९८ लाख भुक्तानी
कालीकोटको खाँडाचक्र नगरपालिकाको विवादित कार्यालय प्रमुखले चार दिनमै ९८ लाख भुक्तानी गरेको पाइएको छ । कार्यालय प्रमुखको जिम्मेवारीमा विवाद भएसँगै कामकाजमा अवरोध भए पनि हतारमा भुक्तानी गरेको छ ।
मुगुमकार्मारोङ अझै जोडिएन सडक सञ्जालमा
मुगुको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका कर्णाली प्रदेशको ४४ वटा स्थानीय तहमध्ये सडक सञ्जालमा नजोडिएको एउटै मात्र स्थानीय तह हो ।
पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा रहेको छ ।
दुई नदीको मिलन बिन्दु जिते सुनसान
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाका सिमा क्षेत्र जिते बजार अहिले पुरै खाली छ ।
मेला हेर्न गएको पुरुष मृत फेला
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –२ कुनाखेतमा एक पुरुषको शव फेला परेको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका –५ हुकाम घरभइ हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ पातुखोला बस्ने ४७ वर्षिय लिलाबहादुर घर्तीको शव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ ।
उच्च क्षेत्रमा रहेको डोल्पाको तिन्जेगाउँ
डोल्पा, पुस १ गते । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका ५ स्थित तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ । यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ुबिओपीु राख्न पहल भइरहेको छ । तस्बिरः रासस