• १३ पुस २०८१, शनिबार

सोह्र फिट अग्लो मूर्ति निर्माण

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस १३ गते । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथ शिवालय क्षेत्रमा जिल्लाकै सबैभन्दा अग्लो सोह्र फिटको शिव भगवान्को मूर्ति निर्माण गरिएको छ । मन्दिरको सुन्दरता बढाउन र भक्तजनलाई दर्शनका लागि मूर्ति निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । 

मूर्तिको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मन्दिर क्षेत्र रमणीयसमेत देखिन थालेको बताउँदै उहाँले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथमा मूर्तिको आवश्यकता रहेको औँल्याउनुभयो । खार्पुनाथको महत्व महाभारतकालीन समयसँग जोडिएको छ । मूर्ति निर्माणका लागि काठमाडौँबाट तीन वटा समूहमा कालिगडलाई निर्माण कम्पनी धर्म एस ज्याङ्छ्युप जेभीले ल्याएको थियो ।