• ७ पुस २०८१, आइतबार

जाजरकोटमा जिप दुर्घटना, ५ को मृत्यु २ घाइते

blog

नलगाडमा दुर्घटनामा परेर खोलामा खसेको जिप । तस्बिर सौजन्य: जय खड्का

सहदेव बस्नेत

जाजरकोट, मङ्सिर २७ गते । जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको  ग ३ च  ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे  बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख निरीक्षक हरिराम डाँगीका अनुसार  मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा,सीलापुन, लक्ष्मी पुन,लक्ष्मी पुनको छोरा, शारदा थापा,  रहेको बताउनु भयो । जिप मा सवार सात जना मध्य २ जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको  डाँगीले बताउनु भयो ।  

घाइते मध्य जीवन विक सामान्य उपचार पछि घर पठाइएको र बर्दिया घर भई दिदीको घर आएका जनक थापाको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।