• १२ पुस २०८१, शुक्रबार

लोक सेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै

blog

जुम्ला, मङ्सिर २८ गते । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोक सेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोक सेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ ।