• ११ असोज २०८१, शुक्रबार

नागरिकका मुद्दालाई बोकेर मिसन ८४ मा भाग लिन्छौँ : प्रदेश इन्चार्ज बोगटी

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, असोज ५ गते । 
नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले ग्रामीण क्षेत्रका खास निमुखा नागरिकका कुरालाई लिएर मिसन २०८४ मा भाग लिने बताउनुभयो ।

हरेक चुनावमा नेकपा (एमाले) माथि नागरिकको विश्वास रहेको भन्दै खास नागरिकका मुद्दालाई संस्थागत गर्नका लागि पाँच वर्ष अगाडिबाट नेकपा (एमाले) ले गाउँ केन्द्रित अभियान चलाउँदै आएको बताउनुभयो ।

प्रेस चौतारी नेपाल कालीकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इन्चार्ज बोगटीले पत्रकारले राखेका प्रश्नको जवाफ दिनुहुँदै आगामी चुनावमा कांग्रेससँग चुनावी तालमेल नहुने बताउनुभयो ।

मुलुकलाई द्वन्द्वबाट रोक्नका लागि दुई ठुला पार्टीबिचको सत्ता समीकरणमा सहकार्य भए पनि चुनावी तालमेल नेपाली कांग्रेससँग नहुने जानकारी दिनुभयो ।

मुलुकमा बढिरहेको बेथितिका बारे नेता बोगटीले नेकपा (एमाले) पनि दुधले नुहाएको पार्टी नभएको भन्दै विशाल पार्टीमा केही खराब देखिने गरेको भन्दै आफ्नै भनाइको बचाउ गर्नुभयो ।

उहाँले खराब देखिएको होला पार्टीले छानबिन गरेर गल्ती अनुसारको कारबाही गर्नपछि नपर्ने जिकिर गर्नुभयो । उहाँले मिसन ग्रासरुट, झुलाघाट चुवाँभञ्ज्याङ्क अभियान चलाउनुमा खास ग्रामीण क्षेत्रका नागरिकले पटक–पटक उठाउँदै आएको कुरालाई संस्थागत गरेर आगामी आयोजना तय गर्न भएको बताउनुभयो । धेरै पटक बोलियो, अस्थिर सरकारका कारणले नागरिकका मुद्दालाई संस्थागत गर्न नसकेकाले अब एकल बहुमतसहित नागरिकका मुद्दालाई लिएर मिसन २०८४ सफल बनाउने अभियानमा रहेको दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल कालीकोटका अध्यक्ष विश्वनाथ सिम्खडाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलापजंग शाहले कतै केही नमिले जस्तो देखा परेपनि सबै काम विधान संवत् हुँदै आएको दाबी गर्नुभयो ।

पत्रकारले निर्वाचित नेतालाई हटाएको लगायतका प्रश्न गर्दा त्यो केही चुनावका बेलामा ध्यान नपुगेको भन्दै जे भए विधान अनुसार भइरहेको जिकिर गर्नुभयो ।