आलीतालमा पुल नहुँदा सास्ती
पर्यटकीय क्षेत्र आलीताल गाउँपालिका–३, आलिताल जाने सडकमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। आलिताल–८, घुम्ती बजारदेखि आलिताल–३ को झोता जोड्ने पुल नहुँदा समस्या हुने गरेको छ। गाउँपालिकाका उपाध्यक्ष मैनाकुमारी रावलका अनुसार पुल नहुँदा बिरामी तथा अन्य नागरिकलाई बर्खामा आउजाउ गर्न निकै सास्ती हुने गरेको छ। पुल नहुँदा दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ।
भारतले धौलीगङ्गा बाँध खोल्दा महाकालीमा बाढी
भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको छ। बाढीका कारण बैतडी र दार्चुलामा क्षति पुग्ने सम्भावना देखिएपछि उच्च सतर्कता अपनाइएको छ। भारतले बिहान ५ बजे बाँध खोलेको हो। बाँध खोलेसँगै महाकाली नदीमा आएको बाढीले भारततर्फ नदी किनाराको एक घर बगाएको छ। बाढीले दार्चुलापारि भारततर्फको धारचुलाको बस्तीसमेत कटान गर्न थालेका छ। महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि नेपालतर्फको बैतडी र दार्चुलाका बस्तीमा समेत क्षति पुग्ने सम्भावना छ। भारततर्फ नदीले जमिन कटान गर्न थालेको छ।
सुदूरपश्चिम प्रदेश सरकार, बजेट संशोधन गर्न तयार
सुदूरपश्चिम प्रदेश सरकार असन्तुष्ट सत्तारुढ पक्षका प्रदेश सभा सदस्यसँगको छलफलपछि बजेट संशोधन गर्न तयार भएको छ । मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले सोमबार राती असन्तुष्ट सत्तारुढ दलका नेतालाई बोलाएर छलफल गर्नु भएको थियो ।
एसइईमा ‘ए प्लस’ ग्रेड ल्याउने शून्य
माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा बैतडी जिल्लाका विभिन्न विद्यालयको नतिजा सुदूरपश्चिम प्रदेशकै कमजोर देखिएको छ। एसइईमा सहभागी १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ‘ए प्लस’ ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ। एसइईको नतिजा अनुसार पाँच हजार ३३८ जना विद्यार्थीमध्ये कसैले पनि ‘ए प्लस’ ल्याउन सकेनन्। जिल्लाभर ‘ए’ ल्याउने ३४ जना, ‘बी प्लस’ ल्याउने १७२ जना र ‘बी’ ल्याउने ६४७, ‘सी प्लस’ ग्रेड ल्याउने एक हजार ५०६ जना छन्।
सुदूरपश्चिम प्रदेश सभामा बजेट छलफल अनिश्चित
सुदूरपश्चिम प्रदेश सभाको १५ औं बैठकले असार ५ गते सडक दुर्घटनामा परी ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गरेको छ । तर सभामा बजेटबारेको छलफल अनिश्चित रहेको छ ।
बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ४० घाइते
पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको बस सोमबार बैतडीको मेलौलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ ।
कैलालीमा साढे पाँच हजार टन चैते धान उत्पादन
कैलालीमा यसवर्ष पाँच हजार ५०० टन चैते धान उत्पादन भएको छ । एक हजार १०० हेक्टर जमिनमा यस वर्ष चैते धान खेती गरिएको थियो ।
विद्यार्थीको चासो : एसईईपछि विषय रोजाइमा अन्योल
कैलालीको जोशीपुरका रतन धामी एसईई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा हुनुहुन्छ । परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने भन्ने अन्योलता बढे्को छ ।
बैतडीमा बस दुर्घटना हुँदा ३९ जना घाइते
बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको छ ।