बाँझो जमिनको तिरो तिर्न भारतमा नोकरी
सिँचाइ अभावका कारण बाजुराका अधिकांश ठाउँको जमिन बर्सेनि बाँझो रहने गरेको छ। नौवटै स्थानीय तहमा खेती गर्ने जमिन प्रशस्त भए पनि सिँचाइको अभावका कारण जमिन बर्सेनि बाँझो रहने गरेको हो। उब्जाउ जमिन हिउँद र बर्खामै बाँझो रहँदै आएपछि यहाँका स्थानीयले भोकमरीको समस्या झेल्दै आउनु परेको छ। गाउँमा कमाइखाने जमिन प्रशस्त भए पनि त्यो जमिनमा सिँचाइ नहुँदा खेती गर्न नसकिएको स्थानीय बताउँछन्।
हुलाकी सडक निर्माणमा ढिलासुस्ती
कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ। निर्माण कार्य सुरु भएको छ वर्ष बिते पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन। पाँचौँ पटक थप गरिएको म्याद अब सकिन तीन महिना बाँकी हुँदा पनि निर्माण कार्यले अझै गति लिन सकेको छैन। कामको गति हेर्दा पाँचौँ पटक थप गरिएको समयमा पनि कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुने अवस्था देखिँदैन। हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले राजमार्ग निर्माण कार्यमा ठेकेदारले लापरबाही गरिरहेको बताउनुभयो।
बैतडीमा जोशीको हत्या
बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
सरकारी तहमा स्वार्थको द्वन्द्व न्यून गर्न आवश्यक
सरकारी कार्यालयमा काम गर्ने कार्यकारी तहका कर्मचारीहरूमा स्वार्थको द्वन्द्व अत्यधिक रहेको एक कार्यक्रममा सहभागीहरूले औँल्याएका छन् ।
विद्यालयका तह समायोजन गर्दै स्थानीय तह
बैतडीका स्थानीय तहहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।
चाैँध वर्ष बित्दा पनि भएन प्रमाणीकरण र परिचयपत्र वितरण
डोटीको दिपायल सिलगढी नगरपालिका–७, पाँकरीस्थित चौकीडाँडा गाउँमा दलित समुदायका ४० घरपरिवार बसोबास गर्दै आएका छन् ।
विपन्नलाई उपचार गराउन समस्या
सेती प्रादेशिक अस्पतालले सामाजिक सेवा एकाइबाट लक्षित वर्गलाई दिइँदै आएको सेवा बन्द गरेपछि विपन्नलाई उपचार गराउन समस्या भएको छ । बजेटको अभाव देखाउँदै अस्पतालले सेवा नै बन्द गरेपछि विपन्न, गरिबलगायत लक्षित वर्गलाई उपचार गराउन समस्या भएको हो । अस्पतालले सामाजिक सेवा एकाइमार्फत लक्षित वर्गलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको थियो ।
हाफ म्याराथनमा नेपाल आर्मीका पाल प्रथम
धनगढीमा आयोजना भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगितामा नेपाल आर्मीका मुकेश पाल प्रथम हुनुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसिजले आज आयोजना गरेको हाफ म्याराथनको खुल्लातर्फको उपाधी पालले जित्नुभएको हो ।
सिस्नु लगाएर सुदूरपश्चिममा बिसु पर्व मनाइयो
नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएर सुदूरपश्चिमको मौलिक पर्व विसु र नयाँ वर्ष मनाएका छन् । सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गर्नुभएको हो ।
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरि बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो ।
सुदूरपश्चिम एमालेले एकअर्कालाई सिस्नो लगाउने
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।
संसदीय समिति गठनमा ढिलाइ
सुदूरपश्चिम प्रदेश सभाका विभिन्न विषयगत संसदीय समितिहरू गठन गर्न ढिलाइ भएको छ। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा समिति गठनमा ढिलाइ भएको हो। सरकार गठनको प्रत्यक्ष असर प्रदेश सभामा परेको स्पष्ट भएको छ। प्रदेश सभा एक महिनादेखि अनिर्णयको बन्दी बनेको छ। ‘मिनी पार्लियामेन्ट’ मानिने विषयत समितिहरू गठन हुन सकेका छैनन्।
अनितालाई ९० वर्षमा नागरिकता
अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाउनुभएको छ। दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त हुनुहुन्छ। प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उहाँको घरमै पुगेर नागरिकता दिएको हो। नागरिकता नहुँदा उहाँ सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुहुन्थ्यो। नागरिकता पाएसँगै अब उहाँले सामाजिक भत्तासमेत पाउँदै हुनुहुन्छ। अमरगढी–३, डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी बनेका छन्। छोरा रोजगारीको सिलसिलामा भारतमा छन्।
सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ ।
बिरामीको पेटभित्रबाट बोतल निकालियो
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुग्नुभएका एक बिरामीको पेटबाट खाली बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिका –१४ फूलबारी ‘एच गाउँ’ का ६१ वर्षीय नागरिक जमनसिंह रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो ।
दुना टपरी उद्योगमा बढ्दो महिलाको आकर्षण
कैलालीको फूलबारीका सरिता बुढामगरले सानैमा सिकेको सीपलाई उद्योगमा परिवर्तन गरेर आफूमात्र उद्यमी हुनु भएको छैन, सीप धेरैलाई बाँडेर उद्यमी बनाउनुभएको छ ।
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन
कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमिटर मूलनहरमा पानी परीक्षण गरेको थियो ।
जिप दुर्घटनाका मृतकको शव परीक्षण हुनसकेन
बैतडीमा मङ्गलबार राति भएको जिप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् ।
बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ
बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नंम्बरकाे जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जोखिमपूर्ण घरमा बास
बाजुराको बूढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीको घरनजिकै पहिरो गए पनि उहाँको परिवार जोखिम मोलेर त्यसै घरमा बस्न बाध्य छन्। २०७७ सालको अविरल वर्षाका कारण उहाँको घरको आँगनमै पहिरो पुगेको छ। पहिरोका कारण बास बस्नका लागि उपयुक्त छैन तर पनि अन्य कतै व्यवस्था नभएपछि नेपालीको परिवार त्यही घरमा बस्न बाध्य छ। दुई वर्षदेखि घर पहिरोको जोखिममा रहेको भए पनि बस्नका लागि सुरक्षित ठाउँ नभएपछि सोही घरमा बस्नुपरेको
मृतकका परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति
कैलालीको गोदावरी नगरपालिकास्थित माला खेती अस्पतालमा सुत्केरी र नवजात शिशु मृत्यु प्रकरणका पीडित परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
अछाम र बाजुराको यातायात सुचारु
बस व्यवसायी प्रालि.ले मृतकको उपचारमा लागेको खर्च बेहोर्ने र मृतकका पत्नीलाई जागिर दिने सहमति भएपछि पाँचौँ दिनबाट यातायात सेवा सञ्चालनमा आएको छ ।
प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा सुरु
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ।
पुरुष मृत अवस्थामा फेला
स्कुटरसहित सेती लोकमार्गको कालिमाटी खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । साँफेबगर नगरपालिका–१ वैद्यनाथ निवासी अन्दाजी ५० वर्षीय गणेशनाथ योगी मृत अवस्थामा बुधबार बिहान फेला पर्नुभएको हो ।