अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान
बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो ।
बजेटमाथि दिनमा दुई पटक छलफल गरिँदै
सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारका लागि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएकाले बैठक सारिएको हो। बुधबार ३ बजे बजेटमाथि छलफलका लागि प्रदेश सभा बैठक बस्ने कार्यसूची तय गरिएको थियो। प्रधानमन्त्री दाहालकी पत्नीको निधन भएकाले बैठक स्थगित गरिएको कार्यव्यवस्था परामर्श समिति सदस्य डा. ताराप्रसाद जोशीले बताउनुभयो।
शुक्लाफाँटाको गौरवका योजना पूरा
शुक्लाफाँटा नगरपालिकाले बहुवर्षे गौरवका योजनालाई उच्च प्राथमिकता राखेको जनाएको छ। चक्रपथ निर्माण, कभर्ड हल तथा खेल मैदान निर्माण, खानेपानी योजना, कोल्ड स्टोर निर्माण, दीर्घकालीन परियोजना निर्माण गरिरहेको छ। यस अन्तर्गत नगरपालिकाभर डुबान क्षेत्रको पहिचान तथा बाढीको पानी निकासका लागि विस्तृत योजना, नगर यातायात गुरुयोजना र सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० बनाएको छ। पालिकाले एसियाली विकास बैङ्क अन्तर्गत ४.७ किलोमिटर पक्की सडक रहेको छ। यससँगै चार वटा वडा कार्यालय र नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण गरेको छ। नगरपालिकाले नगर चक्रपथ, खानेपानी योजना लक्ष्मीपुर, नगरधस्तरीय कभर्ड हल निर्माणलगायतका योजनाको काम सुरु गरेको हो।
बाटोमा शिशुको जन्म
परशुराम नगरपालिका–८, जमरानीका मीना लुहारले बाटोमै बच्चा जन्माउनुभएको छ। गाउँमा सडक र अस्पतालको पहुँच नभएका कारण उहाँले बाटोमै बच्चा जन्माउन बाध्य हुनुभएको हो। परशुराम नगरपालिका–८ की कविता धमलाका अनुसार मङ्गलबार बेलुकी उहाँलाई प्रसव पीडा सुरु भएको हो। त्यसपछि पिठिउँमा बोकेर सादनी स्वास्थ्य चौकी लैजाने क्रममा बेलुकी ६:३० बजे लामिगडाको जङ्गलमा शिशु (छोरा) को बच्चा जन्मिएको हो।
डडेल्धुरामा बीचमै पढाइ छाड्ने बालबालिका धेरै
डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।
सुदूरपश्चिमको १० अर्ब ९३ करोड बजेट भएन खर्च
सुदूरपश्चिम प्रदेशको १० अर्ब ९३ करोड पाँच लाख रुपियाँ बजेट खर्च हुन सकेन । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब आठ करोड सात लाख ५६ हजार रुपियाँमध्ये २४ अर्ब १५ करोड एक लाख ८५ हजार रुपियाँ बजेट खर्च गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित गरिएको छ।
घाँस काट्न गएकी बालिकाको ढुङ्गाले लागेर मृत्यु
घाँस काट्न गएकी बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।
मार्तडी-कोल्टी सडक अवरुद्ध
जिम्मा लिएको मिति समाप्त हुँदा पनि मार्तडी कोल्टी सडक निर्माण कार्य भने अझै सम्पन्न भएको छैन