• १३ साउन २०८१, आइतबार

महिलाको नाममा घरजग्गा कम भएको प्रदेश सुदूरपश्चिम

blog

सुदूरपश्चिम प्रदेश । फाइल तस्बिर

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत १० गते । राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । जनगणना नतिजाअनुसार परिवार संख्याका आधारमा महिलाको नाममा घरजग्गा रहेको प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ । 

सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत परिवारमा महिलाको नाममा मात्र घरजग्गा रहेको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी कोशीमा २८.५ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा छ ।

सुदूरपश्चिममा पाँच लाख ७६ हजार ७७२ परिवार संख्यामध्ये महिलाको नाममा घर भएको सङ्ख्या तीन हजार ९३१ (०.७ प्रतिशत)  छ । जग्गा मात्र भएको महिलाको सङ्ख्या २७ हजार ११३ (४.७ प्रतिशत)  छ । 

त्यसैगरी घरजग्गा दु्बै भएको परिवार सङ्ख्या ३६ हजार ७५३ (६.४ प्रतिशत) रहेको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा ४ लाख ९८ हजार ५३० (८६.४ प्रतिशत) परिवारमा महिलाको नाममा घरजग्गा छैन । २०७८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या पुगेको छ ।