शुक्लाफाँटामा मयूर नाच
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटा ४५९ प्रजातिका चराचुरुङ्गीको वासस्थान हो । तस्बिरः शेरबहादुर सिंह/रासस
खखडेहरा फुटाएर सकियो रानाथारुको होरी
रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व होरी खखडेहरा फुटाएर सकिएको छ।
पालमा बस्न बाध्य पीडितका लागि घर पुनः निर्माण हुने
पाँच महिनासम्म बाढी पहिरोले विस्थापित पीडितकाे व्यवस्थापन नहुँदा पालमा बस्न बाध्य भएका छन् । सरकारको निर्णयअनुसार कर्णालीका जिल्लालगायत मुगु जिल्ला बाढी पहिरो संकटक्षेत्र घोषणा गरे तापनि बाढी पीडितसम्म राहत रकम आइनपुगेकाले समस्यामा परेका हुन् ।
डोटीमा जीप दुर्घटना हुँदा चार घाइते, दुई गम्भीर
डोटीमा जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खखडेहराको अवसरमा आज कैलाली र कञ्चनपुरमा बिदा
राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशको दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
महाकाली तर्न डुङ्गाको भर
भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको महाकालीमा पुल नहुँदा स्थानीय जोखिम मोल्दै महाकाली नदी वारपार गरिरहेका छन्। भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकालीमा पुल नहुँदा जोखिम मोलेर स्थानीय डुङ्गाबाट वारपार गर्दै आएका छन्।
मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ चैत अन्तिममा
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुदूरपश्चिममा चैत २९ र ३० गते हुने भएको छ ।
चार राजदूतद्वारा सेती प्रादेशिक अस्पतालको अवलोकन
युरोपियन युनियनका राजदूत नोना डिप्रेजसहित चार जना राजदूतले सोमबार सेती प्रादेशिक अस्पतालको अवलोकन गर्नु भएको छ।
दुर्गममा शिविर सञ्चालन
जिल्ला अस्पताल बैतडीले पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा एक हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ। गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, अल्ट्रासाउन्ड सेवा, हाडजोर्नी विशेषज्ञ, नाक, कान र घाँटीरोग विशेषज्ञ र अपाङ्ग पहिचानजस्ता शिविर सञ्चालन भइरहेका छन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठका अनुसार शिवनाथ गाउँपालिकामा अपाङ्गता पहिचान शिविर राख्दा १५५ जना अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य परीक्षण गराएका छन्। तीमध्ये १९ जनाले पूर्ण अशक्तताको अपाङ्ग परिचयपत्र पाएका छन्।
जोखिममा भूकम्पपीडित
पूर्वीचौकी गाउँपालिका–३, माझगाउँका जङ्ग बोहराको घर भूकम्पका कारण चिराचिरा परेको छ। भूकम्पपछिका केही दिन पालमुनि बिताएको उहाँको परिवार पछिल्लो समय सोही घरमा जोखिम मोलेर बस्दै आएको छ। भूकम्पले त्रिपालमुनि चिसा रात बिताएका बोहरा परिवारजस्तै जिल्लाका अन्य भूकम्पपीडित पनि चर्किएको घरमा बस्न बाध्य छन्। सुरुसुरुमा भूकम्पको निकै डर लाग्ने गरेको भए पनि पछिल्लो समय केही मात्रामा त्रास हटेको बोहराले बताउनुभयो। “भूकम्प गएको एक/डेढ महिना घरभित्रै पस्न सकेनौँ,” उहाँले भन्नुभयो, “चिसा रात त्रिपालमुनि जसोतसो कटायौँ। चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक बिरामी हुन थाले। भूकम्प गएको पाँच महिना पुग्दा पनि त्रिपालबाहेकको कुनै विकल्प पाएनौँ र अहिले ज्यानको माया, डरत्रास त्यागेर चर्किएकै घरमा बस्न थालेका छौँ।”
फागुन ३० गते कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा
राना थारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले फागुन ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पत्रकारमाथि भएको आक्रमणको निन्दा
कैलालीको धनगढीमा कार्यरत पत्रकार शेरबहादुर ऐरमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घसहित पत्रकारका सङ्गठनले निन्दा गरेका छन्।
दादुराविरुद्धकाे खोप लगाउन सुरु
बाजुराको बूढीगङ्गा नगरपालिकाले दादुरा खोप सञ्चालन कार्यक्रम सुरु गरेको छ । बूढीगङ्गा नगरपालिकाका केही वडाका बालबालिकामा दादुरा पुष्टि भएसँगै खोप सञ्चालन कार्यक्रम सुरु गरिएको हो ।
सुदूरपश्चिमका ३२ क्याम्पसमा स्ववियु चुनाव हुँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सुदूरपश्चिममा ३२ सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।
मन्त्रिपरिषद विस्तार उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक महिना पुगे पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले गत माघ २७ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् सदस्य थप्ने योजना बनाउनुभएका मुख्यमन्त्रीले विश्वासको मत पाए पनि त्यसलगत्तै राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आएपछि मन्त्रिमण्डल विस्तार गर्न नसक्नुभएको हो ।
नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोध्नुभयो, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किनुभयो।
चिकित्सकहरुको सम्मेलनमा सिकलसेल एनिमियाबारे छलफल
कैलालीको धनगढीमा चिकित्सकको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ।
वैकल्पिक सडक निर्माण कार्य रोकियो
बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माण कार्यको काम रोकिएको छ । बूढीगङ्गा नगरपालिका-२ को कन्र्सन बाजुरा देखि अम्कोट द्धवारीसम्मको झण्डै ३ किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो ।
‘पहिरोले उठ भनिसक्यो जाने ठाउँ कतै छैन’
बूढीगङ्गा नगरपालिका–१, अम्कोट बस्ती १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको छ। १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको अम्कोट बस्ती अहिलेसम्म कतै स्थानान्तरण हुन सकेको छैन। बस्ती स्थानान्तरण नहुँदा अम्कोटका १०६ घरपरिवार बाढीपहिरोको जोखिम भएकै ठाउँमै बसोबास गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका स्थानीय पारु पाध्यायका अनुसार पहिरोले अम्कोटको गाउँ चिराचिरा पारेको छ। बर्खाको समय थोरै पानी परे पनि बग्न सुरु हुन्छ। आफूलाई सुरक्षित हुने कतै ठाउँ नभएपछि बर्खामा पनि यही घरमा बस्नुपर्ने सोच बनाएको पाध्यायले बताउनुभयो।
अलौकिक खप्तड
नौजवान मेडिकल डाक्टर गम्भीर बिरामी बालकलाई बचाउन दिनरात खट्नुहुन्छ । आफूले जानेका सबै नुस्खा प्रयोग गर्नु हुन्छ तर बालकमा कुनै सुधार हुँदैन । नौजवान डाक्टर नरमाइलो मानेर बालकको छेउमा उभिरहनुहुन्छ । एक जना नेपालतिरका साधु अकस्मात आइपुग्छन् । साधुले बिरामी बालकलाई मायालु पाराले सुम्सुम्याउँछन् । केही मन्त्र पढ्छन्– ‘फु फु चट्’ भन्दै आफूसँग भएको खरानीको टीका लगाइदिन्छन् । केहीबेरमै बालक खेल्न थाल्छ । एक किसिमको चमत्कार हुन्छ । विज्ञानमाथि अध्यात्मले विजय पाउँछ । विज्ञानको स्रोत पनि त अध्यात्म नै हो । कश्मीरका सम्भ्रान्त दुर्गा पण्डितका सन्तान, बेलायतबाट डाक्टर उपाधि पाएर कलकत्ता मेडिकल कलेजमा कार्यरत त्यो बेलाका विश्वप्रसिद्ध नौजवान डाक्टरको मनमा चिसो पस्छ । आफ्नो ज्ञान, शिक्षा र पेसादेखि दिक्क लाग्छ । कसैगरी चित्त बुझ्दैन । अनि यी सबै छोडेर उहाँ बनारसति
दशरथचन्दको आँगनमा
गत असारमा कामविशेषले केही दिन गोठलापानी, बैतडी जानुपर्ने काम आइप¥यो । त्यसो त यसअघि पनि २०७४ सालमा डडेल्धुरा हुँदै बैतडीको केही दिनको बसाइपछि गोकुलेश्वर, मालिकार्जुन दर्शन गरी दार्चुलासम्म गएको थिएँ । यो पटक परिवारका सदस्यसहित बैतडी गएको थिएँ । हामी धनगढीसम्म हवाईजहाजमा र यसपछि जिपबाट त्यसतर्पm लाग्यौँ । यस पटकको ड्राइभर रमाइलो खालको प¥यो, त्यसो भएर बाटो सजिलै अनि रमाइलो तरिकाले कटाउन पाइयो । धनगढीदेखि १८ किमिको दूरीमा अत्तरिया चौबाटो पुगेपछि गोदावरीतर्पm लाग्यौँ । गोदावरी सुन्दर सुदूरपश्चिमको प्रस्तावित प्रदेश केन्द्र पनि हो । त्यहाँको पार्कमा केही समय विरचण गरेपछि सुदूरपश्चिमका अलि अप्ठ्यारा लेकमध्येको एक भासुको लेक कटेर सहजपुर पुग्नै लाग्दा सल्लेरी वनको आनन्द लिन पाइयो । बुडर पुगेपछि बिहानको खाना खायौँ । बुडरबाट महाकाली किनारतर्पmको जोगबुढा जाने बाटो छुट्टिने रहेछ । त्यसपछि बाटोभरि ठाउँठाउँमा गुराँसका रुख हेर्दै यात्रालाई अगाडि बढायौँ । यस क्रममा डडेल्धुराको बजार हुँदै उग्रताराको दर्शन गर्न पुग्यौँ ।
पुल बनाउन भारतले दिएन सहमति
भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल निर्माण अनिश्चित बनेको हो । गुलरिया घाटको वारि नेपाल र पारितर्फ भारत पर्छ । दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर भारतले सहमति जनाएन । “भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ,” उहाँले भन्नुभयो, “किनभने उसको सहमतिबिना पुल बनाउन सकिँदैन ।”
अफ्रिकन स्वाइन फिभरबाट मर्यो बँदेल
नेपालमा अफ्रिकन स्वाइन फिभरबाट पहिलो पटक बँदेल मरेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अफ्रिकन स्वाइन फिभरबाट बँदेल मरेको हो ।
सिकलसेलको ज्ञान आदानप्रदान गर्न चिकित्सकको सम्मेलन हुने
वङ्शाणुगत रोग सिकलसेल एनिमियाबारेको ज्ञान आदानप्रदान गर्नका लागि धनगढीमा विशेषज्ञ चिकित्सकको क्षेत्रीय सम्मेलन हुँदैछ।