• १८ वैशाख २०८२, बिहिबार

‘क्यानभासमा मेलुङ’ कार्यशाला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १८ गते ।   नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मेलुङ गाउँपालिका, दोलखाको सहकार्य तथा चरीकोट मिडिया फाउन्डेसनको व्यवस्थापनमा दोलखाको मेलुङस्थित भेड्पुमा ‘क्यानभासमा मेलुङ’ कार्यशाला सम्पन्न भएको छ । पालिकाको पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई चित्रकलामार्फत उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यशालाको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा तथा गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । प्रतिष्ठानका उपकुलपति लामाले ललितकलालाई गाउँ गाउँमा पु¥याउन कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष तामाङले पालिकामा कला–संस्कृतिको जगेर्नाका क्षेत्रमा काम भइरहेको उल्लेख गर्दै पालिकाका सांस्कृतिक तथा पर्यटकीय क्षेत्र तथा सम्पदालाई थप चिनाउनसमेत आवश्यक रहेको बताउनुभयो ।