• ६ पुस २०८२, आइतबार

महिलालाई वित्तीय साक्षरता कार्यक्रम

blog

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) पुस ६ गते । मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाले करिब ५० जनाभन्दा बढी महिलाका लागि वित्तीय साक्षरता कार्यक्रमसम्बन्धी जानकारी गराएको छ । बैंकले धनकुटामा दुईदिने कार्यक्रमको आयोजना गरी महिलाहरुलाई बैकिंङ साक्षरतासम्बन्धी जानकारी गराएको हो ।

जिल्लामा विभिन्न संस्थामा आबद्ध महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको छ । कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाका प्रमुख हरि दाहालले जानकारी दिनुभयो ।

यस्तै बैंकले बैंकिङ साइबर क्राइम फ्रोडसम्बन्धी, कर्जा, बचत परिचालन, आर्थिक आत्मनिर्भरता र डिजिटल कारोबारसम्बधी जानकारी दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो बैकिङसम्बन्धी विभिन्न जानकारी र कार्यक्रमबारे जानकारी गराएको बताउनुभयो ।