• १८ वैशाख २०८२, बिहिबार

दुर्व्यसनविरुद्ध देउडा

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १८ गते । समाजमा लागुऔषध दुर्व्यसनीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यहाँ देउडा कार्यक्रम आयोजना गरिएको छ । युवा पिँढीलाई लागुऔषध दुर्व्यसनबाट जोगाउन र समुदायमा जनचेतना फैलाउन देउडा कार्यक्रम आयोजना गरिएको महिला जागरण अभियानकी अध्यक्ष ज्ञानु रोकायाले बताउनुभयो । देउडामार्फत जनचेतना फैलाउका सजिलो हुने भएकाले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिका–१ र २ को ठेहेमा आयोजना गरिएको कार्यक्रममा लागुऔषधमा फस्न नहुने खालका चेतना फैलाउने किसिमका देउडा गीतहरू गाइएको थियो ।