• १५ असार २०८१, शनिबार

कैलालीमा लागूऔषध प्रयोगकर्ता बढ्दै

blog

टीकापुर समाचारदाता

टीकापुर (कैलाली), साउन ८ गते । बर्दगोरिया गाउँपालिका–२ मा लम्कीचुहा नगरपालिका–१० का वसन्त डङ्गौरा एक ग्राम २०० मिलिग्राम लागूऔषधसहित साउन २ गते साँझ पक्राउ परे । टीकापुर नगरपालिका–१, वनगाउँका २९ वर्षका सुरज पुनमगरको साथबाट साउन १ गते एक ग्राम ८५० मिलिग्राम खैरो हिरोइन फेलाप-यो । मगरले २६ वटा स–साना पोका बनाई चुरोटको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो ।

असार ३१ गते धनगढी उपमहानगरपालिका–४ का निर्मल भट्टराईलाई दुई ग्राम खैरो हिरोइनसहित गोदावरी नगरपालिका–४ बाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ ग¥यो । असार २८ गते टीकापुर नगरपालिका–९, खक्रौलामा राजापुर नगरपालिका–७ का लक्ष्मण सुनार, तेजबहादुर बिटालु, अजय दमाई, नागेश्वर थारूलाई छ ग्राम ६०० मिलिग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको थियो । भारतीय बजार तिकुनियाबाट अटो रिक्सामा चढेर रिक्साको छतमा खैरो हिरोइन लुकाएर ल्याउँदै गरेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

प्रहरीले पक्राउ गरेका यी घटनालाई नियाल्दा कैलालीमा लागूऔषध प्रयोगकर्ता र कारोबारीको डरलाग्दो तस्बिर देखिन्छ । पछिल्ला वर्षहरूमा लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता देखिए पनि कारोबार र ओसारपसार झन् बढ्दै गएको तथ्याङ्कले नै देखाउँछ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा १६ महिला र ३०९ पुरुष गरी ३२५ जना विरुद्ध लागूऔषधसम्बन्धी २०१ वटा मुद्दा अदालतमा दर्ता गरिएका छन् । उनीहरूबाट ६८८ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन, तीन हजार ६३२ ट्याब्लेट नाइट्राभेट, ४४ किलो ७८ ग्राम चरेशलगायतका लागूऔषध बरामद भएको छ । अघिल्ला वर्ष पक्राउ र मुद्दा सङ्ख्या कम छ । आर्थिक वर्ष २०७७÷७८ मा १३७ जनाविरुद्ध ९१ मुद्दा २०७६÷७७ मा १६१ जना विरुद्ध ९८ मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक चेतराज पनेरूले जानकारी दिनुभयो । 

कैलाली प्रहरीले मुद्दा चलाएको सङ्ख्या हेर्दा त्यसको करिब २० प्रतिशत टीकापुरको मात्रै रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आर्थिक वर्ष २०७८÷७९ मा लागूऔषधका ४० वटा घटनामा एक महिलासहित ६५ जनालाई मुद्दा चलाएको छ । 

कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर लागूऔषधविरुद्ध प्रहरी कठोर रूपमा लागेको र ओसारपसार गर्ने र प्रयोग गरेको पाइएमा पक्राउ गरी कानुनअनुसार कारबाही चलाइरहेको बताउनुहुन्छ । प्रहरीले लागूऔषध नियन्त्रण गर्न संलग्नलाई कारबाही र विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिरहेको छ । कैलालीमा १४ वटा पुनस्र्थापना केन्द्र छन् । ती केन्द्रमा प्रहरीले पक्राउ परेका कम उमेरका बालक र परिवारले पठाएका कुलतमा फसेका युवा तीन महिना बस्ने र सुधार भएर घर जाने गरेका छन् ।

टीकापुरमा सहारा पुनस्र्थापना केन्द्र सञ्चालन गरिरहेका उपेन्द्र बटालाका अनुसार प्रहरीले कुलतमा लाग्नुभन्दा अघिको उमेर समूहका कक्षा सातभन्दा तलका विद्यार्थी र अभिभावकलाई सचेत गराउनुपर्छ । दुई वर्षको अवधिमा तीन सय युवा पुनस्र्थापना केन्द्रमा आएका र तीन महिना बसेर फर्केकामध्ये १०÷१५ प्रतिशत मात्रै राम्रो भएको छु भनेर सम्पर्कमा आउने गरेको बटालाले बताउनुभयो ।

नागरिक समाज टीकापुरका सहसंयोजक भीमराम चपार्इंका अनुसार लागूऔषध प्रयोग न्यूनीकरणका लागि प्रहरीलगायत सरोकारवालाले मिलेर काम गर्नुपर्छ । कुलतमा फसिसकेका युवालाई श्रम गरेर खानेगरी पुनस्र्थापना गर्नुपर्छ । गृह मन्त्रालयले गरेको अध्ययनअनुसार सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता भएको नेपालकै पहिलो जिल्ला कैलाली हो । यहाँको खुला सिमानाका कारण लागूऔषध कारोबार नियन्त्रण हुन नसकेको बताइन्छ ।