• १९ असार २०८२, बिहिबार

जनकपुरमा छुरा प्रहारबाट एक जनाको हत्या

blog

विजयकुमार साह 

ढल्केबर, असार १८ गते। जनकपुरमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद विमलको छुरा प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले बुधबार बिहान १० बजेतिर विमलमाथि उहाँका आफ्नै ज्वाइँ जनकपुरधाम-२१, कुर्थाका ४८ वर्षीय बेचन महासेठ रहेको बताउनुभयो। जग्गासम्बन्धी विवादका कारण ज्वाइँ महासेठले ससुरामाथि छुरा प्रहारको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो। 

उहाँका अनुसार बुधबार बिहान १० बजेतिर विमलमाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका विमललाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको भए पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता सिंहले जानकारी दिनुभयो। 

उहाँका अनुसार घटनापछि आरोपित महासेठ फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।