बाढीपीडितलाई हटाएको भन्दै नगरप्रमुखद्वारा आपत्ति
भजनीका नगरप्रमुख केवल चौधरीले वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी सो नगरका वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाउन भएको छ ।
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख रुपियाँ
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७७ करोड २१ लाख १२ हजार रुपियाँको बजेट ल्याएको छ ।
खडेरीले बिउ सुकेपछि किसानलाई खेत बाँझै रहने चिन्ता
बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।
जङ्गलमा बसेका पाँच सय घर, टहरा भत्काइयो
कैलाली भजनी नगरपालिकाको वडा नम्बर १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका झण्डै पाँच सय घर/टहरा सोमबार भत्काइएको छ ।
धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न
चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय बालचलचित्र महोत्सव–२०८१ सम्पन्न भएको छ ।
भन्सार छलेर ल्याएको अवैध सामान बरामद
भारतबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पाँच लाख ५० हजार रुपियाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
कार्यक्रम बनाइयो तर कार्यान्वयन भएन
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा घोषणा गरेको महत्वपूर्ण नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन । प्रदेश राजधानी निर्माणको कार्य अगाडि बढाउने, मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन, प्रादेशिक गौरव आयोजनाको सम्भाव्यता अध्ययन, लगानी सम्मेलनलगायतका नीति तथा कार्यक्रममा समावेश कार्यक्रम कार्यान्वयन गर्न सकेन । प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम कार्यान्वयन हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदन २०८१ मा उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरू कार्यान्वयन हुनुपर्ने सुझाव दिएको छ ।
चर्किएकै घरमा भूकम्पपीडितको बास
बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बास बस्न बाध्य भएका छन् । २०७९ माघ १० गते र २०८० असोज १६ गते गएको भूकम्पले चिराचिरा पारेका घर पुनर्निर्माण नहुँदा पीडित चर्किएको घरमा बास बस्न बाध्य भएका हुन् । भूकम्पले घर चिरा चिरा परे पनि कहीँकतैबाट पुनर्निर्माण सहयोग नपाएपछि तिनै घरमा बास बस्न बाध्य भएको छेडेदह गाउँपालिका–५ का स्थानीय जित सार्कीले बताउनुभयो ।
‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ ।
गोदावरीको बजेट एक अर्ब २२ करोड
कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।
धनगढीका नगरप्रमुख विपन्न बालबालिकालाई आफ्नो सुविधाबाट शैक्षिक सामग्री दिँदै
धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विद्यार्थीहरूको सिकाइमा सुधारको लागि सहयोग गर्न विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूलाई आह्वान गरेका छन्।
नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउँदै उपमहानगर
धनगढी उपमहानगरपालिकाले नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउन सुरु गरेको छ।
दुर्व्यवहार गरेको आरोपमा छ जना पक्राउ
रातको समयमा बटुवालाई दुर्व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महाकाली नदीमा बेपत्ता किशोरीको शव फेला
बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ ।
दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु
कैलालीमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चालकको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।
विनायक बस्ती बाढीको जोखिममा
गर्मीले खलखली पसिना बगेका बेला पानी परेर शरीर शीतल भए पनि पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँका ३० घरपरिवारको मन शीतल हुन सकेको छैन । किनकि उनीहरूले धान फल्ने सयौँ रोपनी खेत बाँझो छाडेका छन् । विनायक गाउँका मीन चन्द असार ४ गते पानी परेपछि त्यसयता राम्ररी निदाउनुभएको छैन । पानी पर्दा बस्तीमा बाढी पस्ने डरले छिमेकीलाई समेत उहाँ जाग्राम बस्न लगाउनुहुन्छ । विनायकको पल्लीभोरी गाउँमा यही असार ४ र ५ गते अविरल खण्डवर्षा हुँदा आएको बाढीले घरखेतमा आंशिक क्षति पु¥याएको छ । बाढीको डरले राम्ररी निदाउन नपाएका यहाँका ३० परिवार शुक्रबार भने सुरक्षाको माग गर्दै गाउँपालिका पुगे ।
सडक आयो, बस आएन
बाजुराका दुर्गम गाउँबस्तीका बासिन्दा पछिल्लो समय बस चढ्ने पर्खाइमा छन् । बाजुराको पूर्वीउत्तर क्षेत्रका दुर्गम गाउँबस्ती सडक सञ्जालमा जोडिएसँगै यहाँका स्थानीयवासी बस चढ्ने पर्खाइमा रहेका हुन् । मार्तडी–कोल्टी सडक कोल्टी हुँदै पिलीचौर पुगेको झन्डै १० वर्ष भए पनि बस सेवा सञ्चालन भने अझै नभएको बुढीनन्दा नगरपालिका–२ का स्थानीय राधा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत माघमा एक पटक बस कोल्टीमा पुगेपछि अब गाउँबाट बस चढ्न पाइने भयो भन्दै खुसी लागेको थियो । अहिले फेरि त्यो दिनदेखि बस कोल्टीमा नआउँदा त्यो खुसी हराउँदै गएको छ ।” सडक गाउँमा पुगे पनि बस सञ्चालन नियमित नहुँदा यहाँ स्थानीयलाई पहिलेकै झैँ जहाजको पर्खाइमा बस्दै आउनु परेको कार्कीले बताउनुभयो ।
आगलागी र फँडानीले वृन्दावन उजाड
आगलागी र जथाभाबी वन फँडानीले घना वनका रूपमा रहेको वृन्दावन उजाड बन्दै गइरहेको छ । आगलागीले वृन्दावनमा रहेका लालीगुराँसका बोट जलेका छन् । कतिपय स्थानमा लालीगुराँस र सल्लाका रुख नै ढालिएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी लोकमार्गसँगै जोडिएको सिगास गाउँपालिका–१ को वृन्दावनमा बर्सेनि आगलागी र वन फँडानीका कारण वन उजाड बन्दै गएको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले वृन्दावनसँगै जोडिएका श्रीकेदार र सेला सामुदायिक वनमा पनि बर्सेनि आगलागीका घटना हुने गरेको बताउनुभयो ।
ढुवानी अनुदानले प्याज बिक्रीमा सहज
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–१, बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्री गर्न सहज बनाएको छ । गाउँपालिकाले किसानको बारीबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज भएको हो । ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको कृषक वीरभाने विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्लाभन्दा बाहिर बिक्री गर्ने गरेको छु ।”
महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता
महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो।
धनगढी उपमहानगरपालिकाको बजेट दुई अर्ब १८ करोड
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ।
मुक्तहलिया समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन माग
मुक्त हलियाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कञ्चनपुरका स्थानीय तहलाई आग्रह गरिएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट, नीति तथा कार्यक्रममा मुक्त हलिया समुदायको आय आर्जन, सीप क्षमता विकासलगायत रोजगारीका कार्यक्रमको योजना तर्जुमा गरी कार्यान्वयन गर्न माग गरेको छ ।
सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको बताउनुभएको छ । प्रेस सेन्टर कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।