• १२ साउन २०८१, शनिबार

दुर्व्यवहार गरेको आरोपमा छ जना पक्राउ

blog

पक्राउ परेका। तस्बिर : प्रहरी

अविनाश चौधरी

धनगढी, असार ९ गते। रातको समयमा बटुवालाई दुर्व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पर्सास्थित वीरगन्ज उपमहानगरपालिका–४ बस्ने २५ वर्षीया उर्मिला थापा, धनगढी उपमहानगरपालिका–६ बस्ने १९ वर्षीया रेनुसिंह ठकुरी, गौरीगङ्गा–५ बस्ने १८ वर्षीया पारूँ ठकुरी, सोही ठाउँकी १९ वर्षीया अनु मगर हुनुहुन्छ। 

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र सोही ठाउँ बस्ने १८ वर्षीया निशा बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा हिँडडुल गर्ने मानिसलाई उनीहरूले अनावश्यक हैरान पारेको प्रहरीले जनाएको छ। 

अन्दाजी राति १० बजे सडकमा हिँड्ने बटुवाहरूलाई अनावश्यक हैरान पारेपछि वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। 

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।