थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै
थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो ।
सहिद देशका साझा सम्पत्ति हुन्: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।
चलचित्रमा सामाजिक रुपान्तरणको कथावस्तुले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई आग्रह गर्नुभएको छ।
स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ ।
ढुवानी अनुदानले प्याज बिक्रीमा सहज
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ ।
भीमदत्तले अतिक्रमण हटाउन बढायो सक्रियताः दुई सय बढी पक्की संरचनामा डोजर
भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ ।
योगलाई जीवन पद्धतिका रुपमा विकास गर्न जरुरी : मन्त्री भाट
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले स्वस्थ मन र स्वस्थ शरीर भएमात्रै कुनैपनि व्यक्तिले व्यक्तिगत र सामाजिक भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ ।
अछामबाट नेकपा एसका २० जना प्रतिनिधि छनोट
नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट २० प्रतिनिधि चयन गरिएको छ ।
स्थानीय तहमा बेथिति : नियम मिचेर खर्च, करोडौँ बेरुजु
सङ्घीयता अभ्यास गरेको छ वर्ष पुगे पनि स्थानीय तहमा मनमर्जी खर्च गर्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । बरु हरेक वर्ष यो प्रवृत्तिले विकराल रूप लिन थालेको छ । जनताले तिरेको करको सदुपयोग हुन सके मात्र सङ्घीयता बलियो हुन्छ भन्ने मान्यता राखिन्छ तर सङ्कलित करको सदुपयोगभन्दा दुरुपयोग भएका घटना सार्वजनिक हुन थालेका छन् ।
मुहान सुकेपछि महाकालीबाट पानी
सडक निर्माण गर्दा गाउँपालिकाभरिका पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले महाकालीको पानी तान्न ४४ करोड रुपियाँको गुरुयोजना तयार पारेको छ । गुरुयोजना अनुसार सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । विगतमा कलकल बग्ने यहाँको मटेला खोला गत वर्षदेखि सुक्खा बनेको छ । शिवनाथ गाउँपालिका–१, मिटभिटा दुवला मुहानबाट ३२ मिलिमिटर पाइपमा आउने पानीको मुहानमाथि सडक खन्दा मूल सुकेपछि पानीको हाहाकार मच्चिएको स्थानीय शिक्षक महासिंह साउदले बताउनुभयो ।
वर्षाले धनगढीबासीलाई राहत
धनगढीमा बुधबार राती ०.६ मिलिलिटर वर्षा भएपछि यहाँका बासिन्दालाई राहत महशुस भएको छ । वर्षाले न्यूनतम तापक्रम ३० डिग्रीबाट २६ मा झरेपछि स्थानीयले शीतल महसुस गरेका हुन् ।
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको सङ्ख्या २३२
जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा गर्मी मौसमको गणनामा हरिहाँसको सङ्ख्या २३२ वटा पुगेको छ ।
मगर गोही प्रजनन केन्द्र व्यवस्थापन
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालको सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन केन्द्र व्यवस्थापन गरिएको छ । दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको तालको पूर्वतर्फ र पश्चिमतर्फ दुई वटा गोही प्रजनन केन्द्र स्थापना गरिएका छन् । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा डल्फिन संरक्षण केन्द्रले दुई वटा गोही प्रजनन केन्द्रको उचित व्यवस्थापन गरेको हो । मगर गोही प्रजनन केन्द्र व्यवस्थापनमा खटिएका कृष्ण चौधरीले डुङ्गाको सहायताले बालुवा बोकेर प्रजनन केन्द्र व्यवस्थित गर्ने काम भएको बताउनुभयो ।
भूमिगत पानीको सतह घट्दै , हातेनलबाट पानी आउन छाड्यो
कैलाली जिल्लाको धनगढी उपमहानगर क्षेत्रमा हातेनलमा पानी आउन छाडेको छ । खानेपानीका लागि वैकल्पिक स्रोतका रूपमा यहाँका हरेक घरमा हातेनल राखिएको हुन्छ । पछिल्ला दिनमा भूमिगत पानीको सतह घट्दै गएपछि यहाँका हातेनलबाट पानी आउन छाडेको हो । पानी आउन छाडेपछि धनगढी उपमहानगरपालिका विशेष गरी सहरी क्षेत्रका बासिन्दा बढी प्रभावित हुन थालेका छन् । लामो समयको खडेरीका कारण जमिनमुनि पानीको सतह सुक्दै गएपछि धनगढीका २३ हजार २४९ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । धनगढी नगर क्षेत्रमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानसँग ग्राहक सङ्ख्या नौ हजार एक सय जति छ, बाँकी अरू घरपरिवारले हातेनलको पानी प्रयोग गर्दै आइरहेका छन् ।
‘भलमनसा प्रथा मौलिक संस्कृति’
थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको भलमनसा प्रथालाई जोगाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । परम्परागत प्रथा संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले भलमनसाका लागि आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । सहभागीले भलमनसा प्रथालाई कानुनी मान्यता दिएर प्रदेश सरकार र स्थानीय तहले संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका बिनाविभागीयमन्त्री अक्कलबहादुर रावलले प्रदेश सरकारले यो प्रथालाई सम्पत्तिका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार यो प्रथा संरक्षणका लागि गम्भीर छ ।
घुमफिरको गन्तव्य बन्दै गोदावरी पुल
प्रयोगविहीन अवस्थाको कैलालीको एक पुरानो पुल आम्दानी गर्ने थलो बनेको छ । गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा रहेको काठेपुललाई अचेल ‘भाइरल पुल’ भनेर चिनिन थालेको छ । यसको पहिचान बदलिएसँगै यो पुल आम्दानी गर्ने थलो बनेको हो । पुरानो काठेपुलनजिकै सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पक्की पुल बनेपछि विगत केही वर्षदेखि भाइरल पुल सवारीसाधन ओहोरदोहोरका लागि प्रयोगमा छैन ।
कैलालीका १३ स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड
कैलालीका १३ वटा स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड ९६ लाख १७ हजार रुपियाँ पुगेको छ ।
पत्रकार उपाध्यायसहित समाजसेवीलाई नागरिक अभिनन्दन
डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।
पाटन हत्या घटना : थप एकजना पक्राउ
बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष् पहरी रहेका छन् ।
भरुवा बन्दुकसहित खत्री पक्राउ
कैलाली प्रहरीले तीन नाल भरुवा बन्दुकसहित ३७ वर्षीय मोहनबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
कुलाेमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता
गर्मी छल्न कुलोमा नुहाउन पुगेका लम्कीचुहा नगरपालिका–५ थापापुरका युवा कैलाश विष्टको ज्यान गएको छ ।
प्रेम सम्बन्धले निम्त्यायो हत्याकाण्ड
नेपाली समाजमा पछिल्लो समय प्रेम र यौन विकृतिका अनेक घटना हुन थालेका छन् । यहाँ पाटनकी एक शिक्षिका यस्तै क्रियाकलापमा फसेपछि उनी ट्रकचालकको हत्या आरोपमा पक्राउ परेकी छिन् । एकल महिलासमेत रहेकी शिक्षिकाको घरमा नियमित आवतजावत गर्ने अर्का अटोरिक्साचालक आशिष पहरीसँग मिलेर महिलाले आफ्नै घरभित्र ट्रकचालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण प्रेम र यौन क्रियाकलापसित जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पुनर्स्थापनाको पर्खाइमा मुक्त कमैया
सुदूरपश्चिम प्रदेशमा अझै पनि एक हजार ८२ मुक्त कमैया पुनस्र्थापनाको पर्खाइमा रहेको दाबी गरिएको छ । कमैया मुक्ति घोषणा भएको दुई दशक भइसक्दा पनि सबै मुक्त कमैयाको उचित पुनस्र्थापना हुन सकेको छैन । कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ मुक्त कमैयाको पुनर्स्थापना हुन बाँकी रहेको मुक्त कमैयाको क्षेत्रमा पैरवी गर्ने सङ्घ संस्थाले दाबी गरेका छन् ।