• १२ साउन २०८१, शनिबार

अछामबाट नेकपा एसका २० जना प्रतिनिधि छनोट

blog

शिवराज ढुंगाना
मंगलसेन, असार ७ गते ।
नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट २० प्रतिनिधि चयन गरिएको छ । जसमध्येमा सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ बाट ११ जना र दुईबाट नौ जना चयन गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिमा क्षेत्र नंं. १ बाट जित निशानी, हिक्मत कुँवर, विर्मला बुडथापा, निर्प साउँद, टेकबहादुर रावल, ताराप्रसाद खनाल, जयन्ती बोगटी, कृष्णा कुँवर खडका, नृर्प कुँवर, बम  धामी र एकेन्द्र कुँवर चयन हुनुभएको छ ।

यस्तै, क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष योगेन्द्र विष्ट, सचिव, नवराज साउँद, अनेरास्वविय केन्द्रीय सचिव केशरी रेग्मीसहित नयन सोडारी, देउकला चलाउने, प्रेम विष्ट, शेरबहादुर बुढा, कुल बहादुर शाही, र इन्द्रा विक रहनुभएको छ । नेकपा एसको राष्ट्रिय महाधिवेशन यही असार १६ गते काठमाडौँमा हुने तय गरिएको छ ।