दुई किलो गाँजा सहित चार जना पक्राउ
दुई किलो गाँजा सहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट खटिएको प्रहरी टोलीले भारतको सङ्ग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार पक्राउ गरेको हो ।
अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा
बालबालिकाहरूले खोप लाएको सुनिश्चितता पश्चात् अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
बाजुरामा धान दिवस मनाइयो
बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई भव्य रूपमा मनाएका हुन् ।
पानी नपर्दा किसानका खेत बाँझै
आज धान रोपाइँ दिवस भए पनि समयमा पानी नपर्दा यहाँका किसानको खेत बाँझै छन् । कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गर्न बाध्य भएका छन् ।
गर्मीमा ज्येष्ठ नागरिकलाई छाता उपहार
कृष्णपुर नगरपालिका-२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।
ट्याक्टर दुर्घटना हुँदा चालकको निधन
सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।
अछामका उत्कृष्ट किसान पुरस्कृत
यहाँ जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
रातो किताब सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।
मध्ये असारमा धमाधम रोपाइँ
शुक्लाफाँटा नगरपालिका ३ का किसान खेतमा रोपाइँ गर्दै । असार १५ गतेसम्म पनि पर्याप्त वर्षा नहुँदा किसानले पम्पसेटबाट पानी तानेर रोपाइँ गर्न बाध्य भएका छन् ।
स्थानीय तहले बनाएनन् विपत् प्रतिकार्य योजना
जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहले मनसुनजन्य विपत्बाट जनतालाई जोगाउनका लागि अझै पनि विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन् । मनसुन लागे पनि कैलालीका स्थानीय तहले यो वर्षका लागि अझै विपत् प्रतिकार्य योजना बनाउन नसकेका हुन् । जिल्लामा बर्सेनि सबैभन्दा बढी बाढी, डुबानलगायतका मनसुनजन्य विपत्को सामना गर्दै आएका स्थानीय तहमा समेत यो वर्षको विपत् प्रतिकार्य योजना बनेको छैन । यद्यपि त्यसको तयारीमा जुटेको स्थानीय तहले जनाएका छन् ।
तारेदहमा पुल निर्माण हुँदा स्थानीय हर्षित
बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडा र २ जयवागेश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय निकै हर्षित भएका छन् । गाउँपालिकाको आर्थिक तथा पिसविन बाजुराको प्राविधिक सहयोगमा खोलामा बनेको सो पुलमा आउजाउ गर्न सहज भएको छ । पहिला पुल नहुँदा बर्खाका समय खोला तर्न निकै समस्या हुन्थ्यो । अब खोलामा पुल बनेपछि भने आउजाउ गर्न निकै सहज भएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीय कविता बुुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड छेडेदह–२, जयवागेश्वरीका अधिकांश विद्यार्थी उच्च शिक्षा पढ्नका लागि वडा नम्बर १ को काँडा भवानीमा जाने गर्दछन् । बर्खाको समय खोलामा पानीको बहाव बढ्ने भएकाले उनीहरूलाई खोला तर्न निकै समस्या हुन्थ्यो । ”
कुपोषणमुक्त भएन मुक्तिकोट
बाजुरा जिल्लाको दुर्गम क्षेत्र स्वामीकार्तिक गाउँपालिका मुक्तिकोटले कुपोषणबाट अझै मुक्ति पाउन सकेको छैन । कुपोषणग्रस्त गाउँका रूपमा परिचित मुक्तिकोटमा कुपोषणले नछोएका बालबालिका विरलै भेटिन्छन् । केही दिनअघि मात्र स्वामीकार्तिक–१ र २ वडा रहेको मुक्तिकोट गाउँमा दुई जना बालबालिकाको मृत्यु भएको छ । लामो समयदेखि कुपोषणबाट ग्रसित हुँदै आएका बालबालिकाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले बताउनुभयो । उहाँका अनुसार कुपोषणले थलिएकी दुमली विककी १७ महिने छोरी जमुना विकको र रूपसरा न्यौपानेकी १
कैलालीमा पन्ध्र विद्यालयको नतिजा शुन्य
माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ ।
नगर प्रहरीलाई खोज तथा उद्धार तालिम
धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई खोज तथा उद्धारसम्बन्धी तालिम दिइएको छ । प्राकृतिक विपत्को बेला खोज तथा उद्धारमा सहयोग गर्न नगर प्रहरीलाई सो तालिम दिइएको हो ।
सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् ।
तारेदहमा पुल निर्माण हुँदा यात्रा सहज
बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ काँडा र २ जयवाग्यश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय हर्षित भएका छन् ।
डुबान क्षेत्रमा उच्च आवासगृह निर्माण
जिल्लाको भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो । पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ ।
सार्वजनिक सेवाका कार्यालय निमित्तको भरमा
डडेलधुराका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । कर्मचारीको अभाव खेपिरहेका सरकारी कार्यालयमा दरबन्दी अनुसारका कार्यालय प्रमुखको अभाव देखिएको छ । चार दर्जन सरकारी कार्यालय रहेको डडेलधुरामा केही कार्यालयबाहेक अधिकांश कार्यालय निमित्तको भरमा चलिरहेका छन् । निमित्तभई कामकाज गर्दा कतिबेला कार्यालय प्रमुख आउने नआउने ठेगान नै हुँदैन ।
सुदूरपश्चिममा सबैभन्दा कम उत्तीर्ण
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार सात वटै प्रदेशमध्ये सुदूरपश्चिममा सबैभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् । सुदूरपश्चिमबाट ५३ हजार ४४६ विद्यार्थीले एसइई दिएका थिए, जसमध्ये १७ हजार ३६ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यस्तै ३६ हजार ४१० अर्थात् ६८.१२ प्रतिशत ननग्रेडिङ भएका छन् । यीमध्ये १६ हजार ३७२ छात्र र २० हजार ३८ छात्रा छन् । सुदूरपश्चिमभरिमा ७९० विद्यार्थीले उत्कृष्ट नतिजा ३.६० देखि ४ जिपिए ल्याउन सफल भएका छन् ।
यात्रुको मृत्यु पछि चालक र सहचालक पक्राउ
महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ ।
कैलालीबाट साढे पाँच हजार विद्यार्थी उत्तीर्ण
कैलालीबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका पाँच हजार ४२८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण
बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएको बताउनुभयो ।
शिव लिङ्गेश्वर धाम
कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित धार्मिक पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाम । चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।