• १६ असार २०८१, आइतबार

यात्रुको मृत्यु पछि चालक र सहचालक पक्राउ

blog

बैतडी, असार १४ गते । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ । 

भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए । जोशी पाटन आइपुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो । अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । जोशीको मृत्युको कारण भने खुलेको छैन । बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।