• १२ साउन २०८१, शनिबार

गोदावरीको बजेट एक अर्ब २२ करोड

blog

नगर सभामा बजेट प्रस्तुत गर्नुहुँदै उपप्रमुख शारदा रोकाया ।

अविनाश चौधरी

धनगढी, असार ९ गते । कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ । 

आज भएको १३ औँ नगर सभामा उपप्रमुख शारदा रोकायाले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । सो नगरपालिकालाई सङ्घीय सरकारबाट वित्तीय समानीकरण अन्तर्गत १९ करोड १२ लाख, राजस्व बाँडफाँटबाट १८ करोड सात लाख, समपूरक अनुदान एक करोड ४० लाख प्राप्त हुने जनाइएको छ । 

यसैगरी, विशेष अनुदान चार करोड ३० लाख, सशर्त अनुदान ४४ करोड एक लाख ७९ हजार रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ८३ लाख ५६ हजार, राजस्व बाँडफाँट ६९ लाख ७७ हजार, समपूरक अनुदान एक करोड पाँच लाख ७० हजार र विशेष अनुदान ३५ लाख रुपियाँ प्राप्त हुने उपप्रमुख रोकायाले बताउनुभयो । 

यसैगरी, घरजग्गा रजिस्ट्रेसनबाट ६ करोड ५० लाख, आन्तरिक स्रोतबाट १३ करोड ७२ लाख ४३ हजार, वन रोयल्टीबाट १३ लाख, विज्ञान करबाट ६ लाख ४० हजार र बैङ्क मौज्दात ११ करोड आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।