• १२ साउन २०८१, शनिबार

महाकाली नदीमा बेपत्ता किशोरीको शव फेला

blog

काठमाडौँ, असार ९ गते । बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव  फेला परेको छ । 

सोही गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमाम नुहाउने क्रममा बेपत्ता भएका थिए । खोजीको क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कुस्मौताघाटको टोलीले रजनी चाडको शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । अस्मिता चाड भने अझै बेपत्ता रहेको र खोजी कार्य भइरहेको जनाएको छ ।