• १२ साउन २०८१, शनिबार

दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

blog

अविनाश चौधरी

धनगढी, असार ९ गते । कैलालीमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चालकको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । 

मृत्यु हुनेमा सुर्खेतको पञ्चमुरी नगरपालिका–२ का २१ वर्षीय शेरबहादुर नेपाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सो कार्यालयका अनुसार नेपालीले चलाएको भे १ त ८७३५ नम्बरको ट्याक्टर गए राति लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारमा अनियन्त्रित भएर नालामा खसेको थियो । 

दुर्घटनापछि उद्धार गरेर राति नै उपचारका लागि अस्पताल पुर्‍य ाइएकोमा चालक नेपालीको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते २० वर्षीय दिलबहादुर नेपालीको भने लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।