हामी भविष्यलाई स्वर्ग बनाउँछौँ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीको स्वर्ग अतीतमा हुने र लोकतन्त्रवादी तथा समाजवादीको स्वर्ग भविष्यतिर हुने बताउनुभएको छ।
वैदेशिक रोजगारीमा गएका एउटै पालिकाका सातको मृत्यु
तनहुँबाट विदेश गएका १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये एउटै पालिकाको मात्रै सात जना छन् । चालु आर्थिक वर्षको फागुन सम्ममा सो सङ्ख्यामा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
त्रिशूली दुर्घटनाको शोकमा गोरखा : एकै परिवारका पाँच जनाको मृत्यु, एक बेपत्ता
गोरखा नगरपालिका–७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ। शुक्रबार मात्र ४० वर्षीय शङ्कर रोकाको काठमाडौँमा असामयिक निधन भएपछि दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त सबै टोली तीन वटा गाडी लिएर गोरखातर्फ जाँदै थियो।
तेरमी पर्वमा रम्दै थकाली समुदाय (फोटो फिचर)
हिमालपारिको जिल्ला मुस्ताङको स्याउको राजधानीका रूपमा लिइने मार्फामा बसोबास गर्ने थकाली समुदायको आफ्नो मुख्य पर्व ‘तेरमी’ मुस्ताङको मार्फामा चली रहेको छ।
राष्ट्रपति पौडेलद्वारा चितवन र तनहुँ जोड्ने त्रिशूली नदीको नवनिर्मित पुल उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले चितवन र तनहुँ जोड्ने त्रिशूली नदीको नवनिर्मित पुल उद्घाटन गर्नुभएको छ । पुलको शनिबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले आफू मुलुकको अभिभावकीय भूमिकामा आएदेखि नै यस पवित्र भूमि देवघाट आउने इच्चा तीव्र भएपनि विभिन्न कारणले ढिला भएको बताउनुभयो ।
जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा
देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।
पदयात्रामा मौसमको चुनौती
दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ ।
ऐतिहासिक कट्टेलडाँडासम्म कालोपत्रे
गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा सुप्रसिद्ध बौद्धिक थलोका रूपमा प्रख्यात गोरखा सदरमुकामबाट झन्डै दुई किलोमिरटरको दुरीमा पर्ने कट्टेल चोकदेखि कट्टेलडाँडासम्म सडक कालोपत्रे हुने भएको छ । गोरखा नगरपालिका–८ स्थित कट्टेलडाँडाका स्थानीय तथा पूर्वनगर प्रमुख विशेश्वर कट्टेलले धेरै समयको प्रयासपछि अहिले कालोपत्रे हुन लागेको बताउनुभयो । गोरखा नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट अन्तर्गत पूर्वाधार कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न लागिएको हो ।
बागलुङको रिठेखोलामा पक्की पुल निर्माण
पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।
निर्माण सुरु भएको दश वर्षपछि पुल सञ्चालनमा
निर्माण सुरु भएको दश वर्षपछि तनहुँ र चितवन जोड्ने पुल सञ्चालनमा आएको छ । तनहुँको देवघाट गाउँपालिका-५ को घिनटार र चितवनको भरतपुर महानगरपालिका-१ को ठिमुरा जोड्ने मोटर पुल सञ्चालनमा आएको हो ।
बाह्र वर्षमै एसइई दिँदै पर्वतका छात्र
सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।
आयरल्यान्डले नेपाललाई दियो २२३ रनको चुनौती
आयरल्यान्ड ‘ए’ टोलीले ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ ।
प्रभुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्र
म्याग्दीको मालिका गाउँपालिका-७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेसन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको छ
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ ।
म्याग्दीमा भित्रियो १६ हजार सेट पाठ्यपुस्तक
आगामी वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र २०८१ का लागि म्याग्दीमा करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् ।
कतै आमाछोरा कतै सुत्केरी परीक्षार्थी
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कास्कीबाट छ जना दृष्टिविहीन र १६ जना सुस्तश्रवण विद्यार्थीले परीक्षा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अमरसिंह माविका पाँच जना र खुलातर्फ एक जना गरी छ जना दृष्टिविहीनले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएको जानकारी दिनुभयो । उनीहरूले आफ्नै विद्यालय अमरसिंह मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् । उहाँका अनुसार सिर्जना मावि लेखनाथका १६ जना सुस्तश्रवण भएका विद्यार्थीले लक्ष्मी मावि लेखनाथबाट परीक्षा दिएका छन् ।
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ ।
राष्ट्रपति पौडेल शनिबार देवघाट आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल भोलि देवघाट आउनुहुने भएको छ । तनहुँ र चितवन जोड्ने पुल उद्घाटन गर्नु हुने भएको छ । पौडेलले देवघाट धामको दर्शन तथा तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित पुलको उद्घाटन गर्न आउन लाग्नु भएको हो ।
घोप्टेभिरमा सडक ढलान
राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने घोप्टेभिर क्षेत्रमा सडक ढलान गरिँदै ।
कैदीबन्दी पनि एसइईमा सहभागी
चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतारले घेरिएको तनहुँका कारागारमा रहेका एक कैदी बन्दी एसइई परीक्षामा सामेल हुनु भएको छ ।
भलिबल कप्तान श्रेष्ठ सम्मानित
नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानमाहादुर श्रेष्ठ र सदस्य धनबहादुर भट्ट (डीबी) लाई सम्मान गरिएको छ । अर्जुन चौपारी गाउँपालिकाले बिहीबार श्रेष्ठ र भट्टलाई दोसल्ला ओडाएर मायाको चिनोसहित सम्मान गरेको हो ।
गरुड शिला
जिल्लाको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला
किरियापुत्री दाजुभाइले दिए एसइई
शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो ।
मनाङबाट ४० जनाले दिए एसइई परीक्षा
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशको मनाङबाट ४० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । गण्डकीबाट ४० हजार नौ सय १८ परीक्षार्थी यसमा सहभागी छन् ।