पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइसराइ
म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् ।
कृषि, पर्यटन तथा व्यापार मेला हुने
गोरखामा कृषि पर्यटन तथा व्यापार मेला २०८० हुनेभएको छ । गोरखा चेम्बर अफ कमर्सले पुस १९ गतेबाट गोरखा सदरमुकाममा कृषि पर्यटन तथा व्यापार मेला हुन लागेको जनाएको हो ।
ओझेलमा जगत्रदेवी मन्दिर
गल्याङ नगरपालिका–२, देवीस्थानमा रहेको ऐतिहासिक जगत्रदेवी मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
बिपी स्मृति भवनको उद्घाटन
नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ ।
सभापति देउवाद्वारा बिपीको सालिकमा माल्यार्पण
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यास नगरपालिका–३ स्थित बिपी पार्कमा स्थापना गरिएको बिपीको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
सिरानचोक गाउँपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
गोरखा जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । जिल्ला सदरमुकामस्थित रङ्गशाला खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कांस्य पदक सहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो ।
कांग्रेस सभापति देउवा आज तनहुँ आउनु हुँदै
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँले निर्माण गरेको बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आज तनहुँ आउनुहुने भएको छ ।
बेँसीसहरमा चरी बाघ फेला : नियन्त्रण लिएर जङ्गलमा छाडियो
लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता
गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
लेकसाइडका सबै तार एक वर्षभित्र भूमिगत
पोखरा महानगरपालिका–६, लेकसाइडलाई खुला तारमुक्त बनाइँदै छ। स्ट्रेट नम्बर १५ देखि १७ सम्मका सडक र ठाडो पसल क्षेत्रमा भूमिगत तारका लागि सडक खनेर पाइप राखिसकिएको छ। सँगसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाइना पुलसम्म पनि पाइप राखिएको छ ।
बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु
नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको ज्यान गएको छ ।
‘चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ’
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्नाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभएको छ ।
लामिछानेलाई खोया प्रहार गर्ने १० दिन थुनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने एक युवकलाई १० दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ।
स्वास्थ्यमा ठुलो दरबन्दी थप्दै छौँ : मन्त्री बस्नेत
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठुलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ ।
कांग्रेस तनहुँ जिल्ला सम्मेलनको तयारी पूरा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर सोमबार तनहुँ आउनुहुने भएको छ । सभापति देउवा दमौलीस्थित बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेस तनहुँको जिल्ला सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
नवौं राष्ट्रपति रनिङ शिल्ड पुस २० देखि हुने
म्याग्दीको बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
सुनसान भयो सुन्दर मुस्ताङ
उपल्लो मुस्ताङका ल्होमन्थाङ तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश बासिन्दा चिसो छल्न बेँसी झरिसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तल्लो भेक अन्तर्गत पर्ने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका क्षेत्रका पनि झन्डै आधा जनसङ्ख्या चिसो छल्न बेँसी झरिसकेको बताउनुभयो । अहिले उपल्लो मुस्ताङ क्षेत्रमा निश्चित मानिस मात्रै धेरै घरको रेखदेखका लागि बसेको उहाँको भनाइ छ ।
अन्नपूर्ण गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मन्दिरको आम्दानीबाट अस्पताल सञ्चालन
धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका २०७३ लागू भएको पोखराको विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट प्राकृतिक अस्पतालसहित अरू सामाजिक काम भइरहेका छन् । निर्देशिका अनुसार मन्दिरको जग्गा, भेटीलगायतका आम्दानीबाट विद्यालय, अस्पताल, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न सक्ने प्रावधान छ ।
आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि
चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका-९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नुभएको हो ।
जनताले परिवर्तन खोजेका छन् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको राजनीतिक परिवर्तन ठुलो त्यागबाट आएको जनाउँदै अबको यात्रा सहज बनाउन पनि त्याग नै जरुरी हुने बताउनुभएको छ। पोखराको जिरो किलोमिटरमा पार्टीको गण्डकी प्रदेश कार्यालय उद्घाटनपछि उहाँले यस्तो बताउनुभएको हो।
रैथाने बाली जोगाउन बिउ बैङ्कको स्थापना
स्याङ्जामा रैथाने बाली जोगाउन बिउ बैङ्क (बिउ बिजन सङ्कलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बाली लोप हुँदै जान थालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका-८ मा बिउ बैङ्कको स्थापना गरिएको हो ।
तनहुँ जलविद्युत् आयोजना : मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ ।
नेपालका हिमाल कालापत्थर, समुन्द्री तटमा डुबानको डर
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेर्रेस कास्की आएको करिब दुई महिनापछि जलवायु सङ्कटका दुष्परिणाम हेर्न मलेसियाका वातावरण शिक्षकको टोली कास्की आएका छन् । महासचिव गुटेर्रेसले पुम्दीकोट र अन्नपूर्ण बेस क्याम्पबाट हिमाल, ताल र यहाँको वातावरण अवलोकन गर्नुभएको थियो । मलेसियान शिक्षकको टोली भने शुक्रबार सिक्लेस पुगेका हुन् ।