हनुमाननाच प्रदर्शन
नेवार समुदायमा लोकप्रिय हनुमाननाचको संरक्षणमा पछिल्लो समय बागलुङका युवाले सक्रियता देखाएका छन् । हनुमाननाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो । युवा कला संस्कृतिको संरक्षणमा जुटेपछि आजकल मेला, पर्व र महोत्सवमा हनुमाननाच प्रदर्शन गर्न थालिएको छ ।
तल्लो भेगमै तापक्रम माइनस
मुस्ताङको तल्लो भेगका घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेको छ । अत्यधिक चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ । मुस्ताङमा तापक्रम मापन केन्द्रसमेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार पुस १२ गते पछिल्लो २४ घण्टाको तापमान हेर्दा मार्फा क्षेत्रमै माइनस ४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
पोखरा सडक महोत्सव सुरु
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ मूल नाराका साथ बिहीबारदेखि २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । फेवाताल किनार लेकसाइडमा पाँच दिनसम्म विविध कार्यक्रम गरी रजत महोत्सवका रूपमा मनाइने आयोजक संस्था रेवान पोखराले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै सडक महोत्सवले पोखराको पहिचानमा इँटा थपेको बताउनुभयो । उहाँले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह पनि गर्नुभयो । पोखरालाई आगामी जनवरीभित्र पर्यटकीय राजधानीका रूपमा घोषणा गर्ने उहाँको उद्घोष थियो ।
लेकसाइडको सडकमा महोत्सवको रौनक (फोटो फिचर)
अङ्ग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव पोखराको पहिचान बन्दै गएको छ। २५ वर्षअघि सुरु भएको महोत्सव देशमा चलेको सशस्त्र विद्रोह होस् कि कोभिडको कहर, निरन्तर रह्यो।
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ ।
दमौली अस्पताललाई छ लाख सहयोग
व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।
स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ : मन्त्री गुरुङ
नेपाल सरकारका सङ्घीय मामिला न्याय तथा कानुन मन्त्री धनराज गुरुङले स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभएको छ।
मालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दीको मालिका गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र दरबाङमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बजा र समाजसेवी बलमान रोकाले उद्घाटन गर्नुभएको हो ।
गाम्फा धुरी ओझेलमा
पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ ।
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताउनुभएको छ ।
वडामै योजना सम्झौता
गाउँपालिकाका ८ वटै वडामा पुगेर योजना सम्झौता गर्नका लागि सुरु गरिएको सम्झौता कार्य अनुरुप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर योजनाहरु सम्झौता गरेको हाे ।
बागलुङमा हनुमान नाच
हनुमान नाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो ।
धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै
सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् ।
पोखरा–जामुने खण्डमा धमाधम काम
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ । आयोजनाले ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि चिनियाँ निर्माण कम्पनी अनहुई काइयुआन आइवे एन्ड ब्रिजले जामुने–पोखरा खण्डमा पनि कामलाई तीव्रता दिएको हो । मङ्सिर महिनासम्म १२ प्रतिशत भौतिक प्रगति भएकोमा अहिले १४ प्रतिशत प्रगति भएको निर्माण कम्पनीको दाबी छ । २०७८ साल भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ साल भदौ १२ गतेसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४२५ जना खटिएका छन् । निर्माण कम्पनीले एक्साभेटर ४०, लोडर १०, ग्रेडर छ वटा र पानीको ट्याङ्कर आठ वटा परिचालन गरेको छ ।
आवश्यकताका आधारमा योजना
गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको तेस्रो ठुलो व्यापारिक क्षेत्र हो । विभिन्न आठ गाविस गाभिएर गल्याङ नगरपालिका बनेको हो । पालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पोखरा र लुम्बिनीलाई जोड्ने सिद्धार्थ राजमार्ग मध्यभागबाट गएको छ । नगरपालिकाको पूर्वमा चापाकोट र वालिङ नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा जिल्ला पर्दछन् । कुल ११ वटा वडा रहेको यस पालिकाको क्षेत्रफल १२२.७१ वर्ग किमी छ । २०७८ सालको जनगणना अनुसार पालिकाको जनसङ्ख्या ३६ हजार ९६७ रहेको छ । लामो समय विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरुप्रसाद भट्टराई २०७९ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख भट्टराईसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित हुनुभएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो ।
हाम्रो पर्यटकीय स्थललाई विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
जनताको अपेक्षा पूरा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
एक करोडभन्दा बढी घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली पक्राउ पर्नुभएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपले प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा सातौँ बागलुङ महोत्सवको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले सातौं बागलुङ महोत्सवको उद्घाटन गर्नुभएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आज(बुधबार) देखि सुरू भएको सातौं बागलुङ महोत्सवको राष्ट्रपति पौडेलले बागलुङ बजारमा उद्घाटन गर्नुभएको हो ।
राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेले बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आउनुभएका उहाँले उक्त सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।
राष्ट्रपतिद्वारा बागलुङ कालिका मन्दिरको दर्शन (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको दर्शन र पूजा आराधना गर्नुभएको छ ।
राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आउनुभएको छ । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आउनुभएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको छ ।