गैँडाकोटमा गैँडाराज
जाडो बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा गैँडा पसेर बालीनाली नै खान थालेपछि स्थानीय त्रसित बनेका छन्। केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रमा किसानले लगाएको मकै, गहुँ, तोरीलगायतका बालीमा नोक्सान परेको छ । गैँडाकोट नगरपालिका–६, का किसान प्रकाश भुसालले बाली खानेदेखि सबै भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको बताउनुभयो ।
सडक अनुगमनमा रास्वपा
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणघाटदेखि बुटवलसम्म एक हप्तामा ११५ किलोमिटर पैदल यात्रा गर्ने भएको छ । रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले नारायणघाट–बुटवल सडक खण्डको विस्तारको कामले गति नलिएपछि त्यसको अवलोकन गर्न र सम्बन्धित निकायलाई दबाब दिन पुस ९ देखि १५ गतेसम्म पैदल यात्रा गर्न लागिएको जानकारी दिनुभयो ।
उमेर ३८ सन्तान ३०
सजीव होस् वा सृष्टिको उद्भव, अस्तित्वको बहसमा मातृत्व छुट्दैन । पूर्वीय दर्शन हुन् वा पश्चिमी सभ्यता, आदिवासीका मिथक हुन् कि आधुनिक दर्शनशास्त्र, आमाको भूमिकाबिना पूरा हुन सक्दैनन् । यही सत्य हृदयङ्गम गरी विख्यात साहित्यकार रुडयाड किप्लिङले लेख्नुभएको छ, “भगवान् सबैतिर पुग्न सक्दैनन्, त्यसैले भगवान्ले आमाको सृष्टि गरे ।” अधिकतर महिला आफैँ सन्तान जन्माएर हुर्काउँछन्, भविष्य सन्तानकै लागि समर्पित गर्छन् । केही बिरलै आमा छन्, जो आफ्ना सुख, सुविधा र जीवनको पर्वाह गर्दैनन्, असहाय बालबालिकालाई मातृत्व दिन्छन्, भविष्य निर्माण गरिदिन्छन् । यस्तै बिरलै र नमुना आमा हुनुहुन्छः कमला पराजुली ।
मादीमा ल्होसारको भोलिपल्ट पनि बिदा
कास्कीको मादी गाउँपालिकाले गुरुङ जातिले मनाउने तमु ल्होसारको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको छ ।
गोरु चराउन गएका चन्द्र मृत फेला
स्याङ्जाको विरुवा गाउँपालिका –२ का चन्द्रबहादुर राना मृत अवस्थामा फेला पर्नुभएको छ । विहीवार गोरु चराउन जानुभएका ३९ बर्षीय राना स्थानीय मौवाघारी जंगलमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना
म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
खाद्य पदार्थको आधारभूत परीक्षण गर्न प्रयोगशाला
बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सेवा दलका ५ सय ३८ जना दीक्षित
पूर्वी नवलपरासीमा राष्ट्रिय सेवा दल जुनियर डिभिजन (४९ ब्याजका) पाँच सय ३८ जना क्याडेटहरु दीक्षित भएका छन् ।
दिवा खाजामा स्थानीय परिकार
म्याग्दीको धौलागिरि गाउँपालिका-३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन गर्न आयात गरिएको खाजा (जङ्क फुड)लाई प्रतिबन्ध लगाइएको हो ।
वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा
जिल्लाका विभिन्न स्थानीय तहका ३९ वडा सचिव नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । सिंहदरबारको अधिकार गाउँ-गाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडा सचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नु परेको हो ।
पूर्व सहकारी रजिष्ट्रार पराजुलीविरुद्ध पक्राउ पूर्जी
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
वडा सदस्यसहित चारजना पुर्पक्षका लागि थुनामा
ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं.६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गाउँमा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्दै चापाकोट नगरपालिका
स्याङ्जाको चापाकोट नगरपालिकाले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने भएको छ । नगरपालिकाका बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्य सम्वन्धी समस्या गाउँमा नै समाधान गर्न लागेको हो ।
मध्यपहाडी लोकमार्ग विस्तारको बाटो खुल्यो
मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ ।
युवा विदेश जाने बाध्यता अन्त्य गर्नुपर्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचार बढेर देश कङ्गाल भएकाले युवाहरु विदेशीन बाध्य भएको बताउनु भएको छ ।
म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिँदै
म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।
तीन कक्षा तीन विद्यार्थी
म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुँदै आएको छ। भौगोलिक रूपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यही विद्यालयमा अध्ययन गर्दै आएका छन् । नाउरा गाउँमा २० घरधुरी रहेका छन्। विद्यालय जाने तीन जना मात्र बालबालिका रहेका छन्। कक्षा १ मा पाँच वर्षीय एरिक घर्तीमगर, कक्षा २ मा सात वर्षीय एरिका घर्तीमगर र बालविकासमा युवान गर्बुजा नियमित विद्यालय आउने गर्नुभएको छ । एरिक र एरिका दिदीभाइ हुनुहुन्छ ।
ज्येष्ठ नागरिकको घरमै उपचार: गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर
गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन ।
दुई जनाको शव फेला
म्याग्दीको फरक दुई स्थानमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पाण्डवखानी गाउँ
बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दूरमा रहेको यो गाउँले पर्यटक आकर्षण गरिरहेको छ ।
युवालाई स्वदेशमै टिकाउने कार्यक्रम आवश्यक
“पछिल्लो समय नेपाली कांग्रेससँग नयाँ पुस्ता खुसी नभएको तथा पार्टीमा नयाँ पुस्ता जोडिन नसकेको गुनासो बढ्दै गएको छ । पुरानो पार्टीबाट देश बन्दैन, यिनीहरूले देश बिगारे भन्ने भाष्य विकास गर्न खोजिएको छ ।”
गाउँमा गैँडा पस्न थालेपछि स्थानीय त्रसित
पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा गैँडा पसेर बालीनाली नष्ट गरेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रका मकै बाली, गहुँबाली, तोरी लगायतका अन्नबालीमा पसेर बाली खाने, मकै भाँच्ने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको गैँडाकोट नगरपालिका ६ का किसान प्रकाश भुसालले बताउनुभयो ।
दलित समुदायले उत्पादन गरेको दुध सङ्कलन नगरे कारबाही गरिने
बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दुध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्छन् । ब्राह्मण समुदायले घरबाटै दुध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दुध बिक्री गर्न पाएका छैन ।
'कृषकसँग पुगे कृषि प्राविधिक'बाट चार हजार किसान लाभान्वित
गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकहरूका खेतबारीमा नै प्राविधिकहरू पुगेका हुन् ।