पत्रकार खत्रीलाई मिडिया सोसाइटी अवार्ड
पत्रकार धिरन बहादुुर खत्रीलाई ‘मिडिया सोसाइटी अवार्ड–२०८०’द्वारा सम्मानित गरिएको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन १६ मेगावाट घट्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्न थालेको छ । सुख्यायामसँगै नदीमा पानी कम भएकाले उत्पादनमा १६ मेगावाट घटेको केन्द्रले जनाएको छ ।
यौनजन्य हिंसाको अवस्था भयावह
नवलपुरमा बालिका र महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था भयावह रूपमा देखा पर्न थालेको छ । पछिल्लो समय कुनै अप्रिय घटना जिल्लामा नभए पनि महिला बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । कावासोतीमा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रममा सो कुरा बताइएको हो । नवलपुरमा यस वर्ष अभिलेख गरिएका ३८ वटा घटनामा सबै गैरराज्य पक्षबाट पीडित भएका छन् । हत्या एक, कुटपिट नौ, आगजनी एक, बलात्कार दुव्र्यवहार १७, अमानवीय व्यवहार एक, महिलाविरुद्ध घरेलु हिंसा आठ, बहुविवाहका एक घटना रहेको देखाइएको छ ।
बोका चोर्ने दुईजना पक्राउ
गुल्मीमा बोका चोरेकाे आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीयता अहिलेको आवश्यकता हो : पूर्वमन्त्री अधिकारी
पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सङ्घीयता अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
गण्डकी ग्रामीण सामुदायिक अस्पताल बन्द
स्याङ्जाको चापाकोट नगरपालिका-२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र परेको छ । विशेषज्ञ चिकित्सक सहित अस्पतालले सेवा प्रवाह गर्ने तयारी गरेपछि खुसी भएका चापाकोटका नागरिक अहिले पनि चिन्तामा छन् ।
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन सुरु
नेपाली कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलन आइतबार बेनीमा सुरु भएको छ । बेनीको मंकाः खलको सभा हलमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुभयो ।
खानेपानी पाइपलाइनको तीव्र विस्तार
राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत खानेपानी पाइपलाइन विस्तारको कामले तीव्रता पाएको छ ।
राङखोला युवा क्लबलाई उपाधि
१२औँ शिरशुभा गम्भीर सिंह गुरुङ स्मृति भलिबल प्रतियोगिता उपाधि राङखोला युवा क्लबले जितेको छ । आँधीखोला गाउँपालिका १ कुर्लेमा युवाहरूमा खेलको माध्यमबाट शारीरिक मानसिक अनि नेतृत्व विकासका लागि हरेक वर्ष प्रतियोगिता गरिँदै आएको हो ।
फरक क्षमताका विवेकलाई बुद्धिचाल उपाधि
विवेक राम्रोसँग बोल्न सक्नुहुन्न, हात त चल्दै चल्दैन तर बुद्धिको प्रयोग गर्न भने उहाँ निक्कै माहिर हुनुहुन्छ । शारीरिक रूपले फरक क्षमताका विवेकले हालसम्म औपचारिक शिक्षा लिनु भएको छैन ।
स्वदेशमै मिल्यो आत्मसन्तुष्टि
रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाऊ छन् भन्ने छैन । परदेशको काम आफू अनुकूल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् ।
पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि
प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।
'जाऔँ है पोखरा' अभियानका लागि पर्यटन व्यवसायी नेपालगञ्जमा
आन्तरिक पर्यटनको विकास सहित व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनका लागि पोखराका पर्यटन व्यवसायीहरूको टोली नेपालगन्ज पुगेको छ । होटल सङ्घ पोखरा नेपालको अगुवाइमा जाऊँ है पोखरा अभियान सहितको पर्यटन व्यवसायीहरूको टोली नेपालगन्ज पुगेको हो ।
म्याग्दीमा सुन्तला उत्पादन घट्यो
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् ।
तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते
घाइतेमध्ये दमौलीमा उपचार गरी थप उपचारका लागि ८ जनाको पोखरामा पठाइएको छ भने बाँकी १० जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र दमाली अस्पतालमा उपचार भईरहेको छ ।
काम गरौँ, चुनावको चिन्ता नगरौँ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राख्नुभएको छ । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिनुभयो ।
मनाङमा निर्माण कार्य ठप्प
पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएको मनाङमा अत्यधिक चिसो तथा तापक्रम माइनस हुँदा पर्यटक देखिनै छाडेका छन् । अरू महिनामा उल्लेख्य पर्यटक देखिए पनि डिसेम्बरमा भने फाट्टफुट्ट एक/दुई जना मात्रै देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
बसाइँसराइले रित्तिदै गाउँ : बढ्यो बाँदर आतङ्क
बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् ।
१२ औँ राष्ट्रपति रनिङ शिल्ड हुने
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही पुस ८ गतेबाट सुरु हुने भएको छ । पुतली बजार नगरपालिका १ माले बगर खेल मैदानमा तीन दिन सम्म चल्ने प्रतियोगिता जिल्ला खेलकुद विकास समिति स्याङ्जाले आयोजना गरेको हो ।
घरेलु मदिरा उत्पादन नहुँने ‘गाजने’ गाउँ
म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन ।
स्याङ्जा फेरी महिला सिडिओ
स्याङ्जाले दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयले १६ जिल्लाका सिडिओ हेरफेर गर्ने क्रममा स्याङ्जामा दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको हो ।
पोखरामा प्याराग्लाइडिङ बन्द
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ उडान बन्द गरेको छ । नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको जानकारी दिनुभयो । प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई दिएको छ । त्यसै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सो संस्थाले नै निर्धारण गर्दै आएको थियो ।
‘चुनावको होइन देशको चिन्ता गरौँ’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउनुभयो ।
प्रकाश माविलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक सहित प्रकाश माध्यमिक विद्यालयले जितेको छ ।