रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका
“मलाई काठको दाबिलो प्रयोग गरेर कोदाेको ढिँडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भन्नुभयो ।
चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !
चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो ।
पहिरोको चपेटामा बस्ती र विद्यालय
नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका–४ को अर्खला समुद्री सतहबाट ९२७ मिटरमा अवस्थित छ । पूर्वपश्चिम राजमार्गले छोएको दललेबाट २६ किलोमिटरको दुरीमा रहेको यो पुरानो मगर बस्तीलाई सानो लाप्राक पनि भनिन्छ । चिसो मौसम र उर्वर भूमि रहेको अर्खलाको सिरानमा सेतीनाग माध्यमिक विद्यालय छ ।
पृथ्वी राजमार्गको पूर्वी खण्डमा कालोपत्रे
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन अन्तर्गत पूर्वी खण्डका दुवैतर्फ कालोपत्रे सुरु भएको छ। यातायात आवागमनलाई सहज बनाउन दुवैतर्फ कालोपत्रे सुरु भएको पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवले जानकारी दिनुभयो। दुई लेन रहेको राजमार्ग विस्तार गरी हाल चार लेन बनिरहेको छ। एकतर्फी दुई लेनको कालोपत्रे गरिएकोमा दुवैतर्फी कालोपत्रे गर्न सुरु गरिएको हो।
डिग्री होल्डर अधिकारी व्यावसायिक नमुना किसान
पढेलेखेका युवा के गर्लान् ? त्यो सहजै भन्न सकिन्छ कि जागिर खोज्छन्, कि त विदेश ताक्छन् । तनहुँ भानु नगरपालिका–१२ घले छापका कुशल चन्द्र अधिकारी भने कृषि पेसा रोज्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट कला सङ्कायमा समाजशास्त्र विषयमा स्नातकोत्तर पुरा गरी सोमबार दीक्षित हुनु भएका अधिकारीले पाँच वर्ष अघि देखि नै व्यावसायिक कृषि पेसा अङ्गाल्नु भएको छ ।
श्रवण माबि पहिलो
आँधीखोला गाउँपालिकाले गरेको चौँथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा श्रवण माबि पहिलो बनेको छ । १० स्वर्ण, १० रजक र १० कांस्य पदकमा भएको प्रतिस्पर्धामा श्रवण माबि बाङ्सिङ्गले तीन स्वर्ण र दुई कांस्य प्राप्त गर्दै रनिङ शिल्ड जितेको हो ।
नदीजन्य पदार्थ चोरी निकासी गर्ने गाडी नियन्त्रणमा
कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा टिपर नियन्त्रणमा लिएको छ ।
हिमश्रृङ्खला
बागलुङको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमाना घोडाबाँधेदेखि देखिएको माछापुच्छ्रे हिमश्रृङ्खला ।
कर्मचारीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती
जिल्ला प्रशासन कार्यालय तनहुँमा कर्मचारीको अभाव हुँदा दैनिक कामकाज प्रभावित भएको छ । कर्मचारीको अभावले गर्दा काम ढिलो हुने गरेकाले कार्यालयको परिसर सेवाग्राहीको भिडले भरिने गरेको छ । छिटो र छरितो रूपमा काम नहुँदा कार्यालयमा सधैँ भिड हुने गरेपनि समाधानमा भने ध्यान पुगेको छैन ।
पत्रकारिता र देश दुवैतिर सुधार जरुरी : सभापति देउवा
नेपाली कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता र देश दुवै क्षेत्रमा धेरै काम गर्न बाँकी भएको औँल्याउनुभएको छ। सभापति देउवाले जिम्मेवार पत्रकारिता जरुरी भएकोमा जोड दिनुभयो।
सुन्तलाको मूल्य निर्धारण
म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरूपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् ।
वालिङमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड सुरु
स्याङ्जाको वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मुलुक सङ्घीय संरचनामा गएपछि वालिङले पहिलो पटक प्रतियोगिता गरेको हो ।
अम्रिसोको कुचो बिक्री गरी लाखौँ आम्दानी
नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ ।
एक वर्षमा थपिए १३ जना नयाँ एचआइभी सङ्क्रमित
जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो ।
प्रसारण लाइन निर्माण सुस्त गतिमा
आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणले सोचेअनुरुप गति लिन नसकेको हो । यो प्याकेजको सम्झौता अवधि एक वर्ष बाँकी रहँदा हालसम्म ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।
पृथ्वी राजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्रे
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा-मुग्लिन अन्तर्गत पूर्वी खण्डको दुईतर्फी कालोपत्रे सुरु भएको छ ।
तीन कक्षासम्म पढाइ तीन जना विद्यार्थी
म्याग्दीको धवलागिरी गाउँपालिका–४,नाउरा स्थित रनजनज्योति आधारभूत विद्यालयमा तीन कक्षा सम्म पढाई हुँदै आएको छ । भौगोलिक रुपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यहीँ विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।
बालविवाह गर्ने बेहुलासहित पाँच जना पक्राउ
नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
प्रयोगमा आउँदै फोहोर व्यवस्थापन केन्द्र
गाउँपालिकाको फोहोर व्यवस्थान गर्ने गरी निर्माण गरिएको अर्जुनचौपारी फोहोर व्यवस्थापन केन्द्र प्रयोगमा ल्याउने तयारी गरिएको छ । निर्माण सकेको साढे दुई वर्षपछि प्रयोगको तयारी गरिएको हो ।
आठ विद्यार्थीका लागि नयाँ भवन निर्माण सकिँदा विद्यार्थी शून्य
विद्यालयमा आठ विद्यार्थी अध्ययनरत थिए, विद्यार्थी सङ्ख्या थोरै भएपछि कक्षाकोठाको अभाव हुने कुरै भएन । विद्यार्थी सङ्ख्या घटे पनि विद्यालयका लागि पक्की भवन बनाउने बजेट प¥यो । पहुँचका भरमा भवन बनाउन आएको बजेटले भवन पनि बन्यो तर भवन निर्माण सम्पन्न हुँदा पढ्न आउने विद्यार्थी भने कोही पनि भएनन् । यो वालिङ नगरपालिका–१४, हुग्दीमा रहेको भविष्य उज्ज्वल आधारभूत विद्यालयको अवस्था हो । अहिले विद्यालय पूर्ण रूपमा बन्द छ । विद्यार्थी सङ्ख्या शून्य भएपछि विद्यालयमा कार्यरत शिक्षकलाई विभिन्न विद्यालयमा खटाइएको छ । वालिङ नगरपालिकाले विद्यालयलाई मर्ज गर्ने निर्णय गरेर शिक्षकलाई अन्यत्र खटाएको हो । विद्यालयमा चार जना शिक्षक कार्यरत रहेका थिए ।
थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण
थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताउनुभयो ।
बहुमत ल्याउने गरी अघि बढौँ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस गण्डकीको सम्मेलन पोखरामा
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखराको सभागृहमा जारी छ। पोखरामा भइरहेको सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ।
दोस्रो पञ्चवर्षीय योजना तयार गर्दै गण्डकी
दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले अहिले जिल्ला जिल्लामा सुझाव सङ्कलन गर्न थालेको छ । दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि प्रदेश नीति तथा योजना आयोगले जिल्ला जिल्लामा पुगेर सुझाव सङ्कलनको काम गरिरहेको हो ।