• १३ साउन २०८१, आइतबार

मुस्ताङमा कागजी बदाम फुल्यो

blog

अमृतप्रसाद पौडेल

मुस्ताङ, चैत ९ गते। हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा क्षेत्रमा कागजी बदाम फुलेको छ। शितोष्ण हावापानीमा मुस्ताङ क्षेत्रमा रहेका फलफुल मध्ये यस हिउँदको सिजनमा सबै भन्दा पहिला कागजी बदाम फुलेको हो।

गत वर्ष हिमपात नभएको मुस्ताङमा यो वर्ष भने सामान्य भए पनि हिमपात भएको कारणले गर्दा गत वर्ष भन्दा केही ढिला कागजी बदाम फुलेको हो।

हिमपातको प्रभावका साथै सिंचाई गरेर चिस्यान पुर्याएर शितोष्ण हावापानीमा हुने फलफलुल तथा तरकारीलाई अंकुरण हुने तथा फुल्नका लागि पुग्ने वातावरण मिलाइएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो। 

आत्रेयका अनुसार बन्दाको डुकु पलाउने समय भएको छ भने गाजर र मुलाहरु पनि टुसाउने तर्खरमा छन्।