सबस्टेशन निर्माणमा ढिलाइ
प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युत्को अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन ।
तनहुँ जलविद्युत् आयोजनाको ट्रान्समिटर जडान कार्य पुनः सुरु
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको अवरोध भएको प्रसारण लाइन निर्माणको काम पुनः सुरु भएको छ ।
शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ
धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नुभएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।
एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो ।
सदनको एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुन सकिएन : सांसद बैरागी
नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाउनुभएको छ ।
सङ्घीय योजना कार्यान्वयन भएनन्
यहाँको एक सरकारी कार्यालय स्थापना भएको तीन वर्ष हुँदा पनि आयोजना कार्यान्वयन हुन सकेका छैनन् । म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहने गरी म्याग्दीको बेनीमा तीन वर्षअघि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको थियो । ठुला बजेटका योजना स्थानीय तहले १० प्रतिशत रकम सुनिश्चिततामा ढिलाइ र बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रालयको स्वीकृतिमा आलटालका कारण योजना कार्यान्वयन गर्न समस्या भएको हो । कार्यालयमार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजारभन्दा बढी उपभोक्ता भएका खानेपानीका साथै ढल व्यवस्थापनसम्बन्धी आयोजना सञ्चालन गर्ने भनिएको थियो ।
हेलापछि यौन व्यवसायमा आबद्ध
साँझ ८ बजेपछि पोखराको पृथ्वी चोकदेखि सिर्जना चोकको फुटपाथमा फरक खालका मान्छे देखिन्छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका ती मानिस करिब १० बजेसम्म यो सडकखण्डमा भेटिन्छन् । तीमध्ये धेरै जसो ग्राहक पर्खिंदै हुन्छन् । यसरी ग्राहकसँग जाने धेरै जसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य असुरक्षित यौन व्यवसायमा संलग्न छन् । यसरी तेस्रो लिङ्गी भेटिने ठाउँलाई ‘हटस्पोट’ भन्ने गरिएको छ । यो समुदायको हितमा कार्यरत नौलो बिहानी पोखराको तथ्याङ्कमा तीमध्ये ३० प्रतिशतभन्दा बढी यौन व्यवसायी छन् ।
चार ऐन पारित, नगर प्रहरी नियुक्त गरिँदै
तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन [पहिलो संशोधन] पारित गरेको छ ।
कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राससलाई जानकारी दिनुुभयो ।
बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी
नवलपुर गैँडाकोटका किसानहरू बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ ।
कांग्रेस गण्डकी सम्मेलनको तयारी पूरा
पोखरामा मङ्गलबारदेखि सुरु हुने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ । पुस ३ र ४ गते पोखरामा हुने सो सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने भएको छ ।
सबै उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४८ साल पछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरू सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले सोमबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।
रोशनीलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
रोशनी आवासीय माविले पुतलीबजार नगरपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि जितेको छ ।
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक अलपत्र
पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पुर्याउने अभियान अन्तर्गत अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।
पहिरोको चपेटामा विद्यालय र एक सय ८० परिवार
नवलपुरको बुलिङटार– ४ मा रहेको पुरानो मगर बस्ती पहिरोको चपेटामा परेको छ । एक सय ८० परिवार र विद्यालय चारै तिरबाट पहिरोको चपेटामा परेको छ ।
‘ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण’
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्ड पुस ८ देखि सञ्चालन हुने
नवलपुरमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । पुस ८ गतेबाट सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ ।
कमल पंगेनी स्मृति प्रतिष्ठान गठन
संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको स्मृतिमा कमल पंगेनी स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
पोखरामा 'इन्टरनेशनल योग फेस्टिभल'
पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिभल सुरु भएको छ ।
सातौं बागलुङ महोत्सव हुँदै
निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म महोत्सव हुनेछ ।
कांग्रेस गण्डकीको सम्मेलन पुस ३ र ४ गते हुने
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते पोखरामा हुने भएको छ । कांग्रेस गण्डकी प्रदेशको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पूरा भएको जनाएको हो ।
राष्ट्रपति पौडेल बागलुङ आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउँदै हुनुहुन्छ । यही पुस ११ गतेदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लाग्नुभएको हो ।
वडामा पुगेर योजना सम्झौता
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामा पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो ।
मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावितलाई मुआब्जा वितरण कार्य अन्तिम चरणमा
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ ।