नौ वर्षीया वालिकालाई जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।
जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित
बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना हुनुभएका १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन हुनुहुन्छ ।
नगरमा ७ ठूला गौरबका योजना सञ्चालन
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ मा ७ वटा ठूला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ ।
बालयौन दुराचारको आरोपमा शिक्षक प्रकाउ
गुल्मीमा विद्यार्थीलाई बालयौन दुराचारको आरोपमा एकजना शिक्षक प्रकाउ परेका छन् ।
सडक खोल्न आरक्ष कार्यालयद्वारा सहजीकरण
ढोरपाटन सिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबिच छलफल थालिएको छ ।
‘कानुन नहुँदा जनचाहनाअनुसार काम गर्न सकिएन’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताउनुभएको छ ।
सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ।
आलेख : जेठो हिमालको आधार शिविर पूर्वाधारको प्रतीक्षामा
अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।
दोहोरी साँझमा आगलागी, ६० लाख बराबर क्षति
पोखराको सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । आगलागीले करिब ६० लाखको क्षति भएको बताइएको छ ।
बागलुङ लिफ्टिङ खानेपानी योजना अलपत्र
निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगर सह-लगानी खोनेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो ।
सुन्तला उत्पादनमा तुलनात्मक कमी
स्याङ्जामा गत वर्षभन्दा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
बाख्रापालक किसानलाई बजारको समस्या
तनहुँ जिल्ला बाख्रा पालन व्यवसायको लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएकोले बाख्रा पालनको लागि राम्रो रहेको कृषकको भनाइ छ तर यहाँका किसानले उत्पादन गरेको बाख्रा बिक्री हुन सकेको छैन ।
सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती
विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुभएकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोप्नुभएको थियो । गत वर्ष तीन मुरी कोदो भित्र्याउनुभएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग हुनुभयो ।
‘सगरमाथा टेक फेष्ट’ मङ्सिर २९ देखि
प्रविधि प्रेमी, प्राविधिक विषय अध्ययनरत विभिन्न तहका विद्यार्थी तथा प्राविधिक व्यवसायीलाई समावेश गर्दै प्रविधिको क्षेत्रलाई थप परिष्कृत गर्ने ध्येयले सगरमाथा इन्जिनियरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरले ‘सगरमाथा टेक फेष्ट २०२३’ आयोजना गर्ने भएको छ ।
सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा
लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो ।
महिला हिंसाका घटना बढ्दै
सन् २०२३ मा करिब एक वर्षको अवधिमा ८७ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९५ जना पीडित छन् ।
बेनी सामुदायिक देशभरिमा सातौँ उत्कृष्ट विद्यालय घोषित
म्याग्दीको बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ ।
शिवालयमा चालिस हजार भक्तजन
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा बालाचतुर्दशी पर्वका अवसरमा करिब ४० हजार भक्तजनले पूजाआजा र दर्शन गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सबैभन्दा धेरै भक्तजन आएको जनाएको छ ।
अघि बढेन भूमि आयोगको काम
राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारी नियुक्त भएको करिब दुई वर्ष हुँदा पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ्न सकेको छैन । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने अधिकार प्राप्त जिल्ला समितिले अहिलेसम्म कुनै प्रगति हासिल गरेको छैन ।
पर्यटकको रोजाइमा ‘पित्लेक’
स्याङ्जाको वालिङ नगरपालिका–५ मा रहेको ‘पित्लेक’ अर्गानिक तरकारी, खाद्यान्न र फलफूल उत्पादनका लागि परिचित सुन्दर गाउँ हो । पित्लेक, आरुपाटा र पाँडथोक गरी तीन गाउँ यो क्षेत्रमा पर्छ । यहाँ गुरुङ, मगर, बाहुन र दलित समुदायको बाक्लो बसोबास रहेको छ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यस पालिकाको १४ वटै वडाका विभिन्न स्थानको अवलोकनसँगै आकर्षक हिमदृश्य देखिने भएकाले पित्लेक पर्यटकको रोजाइमा परेको हो । गाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे्रलगायत हिमाल स्पष्टसँग देखिन्छ । वालिङ बजार र आँधी खोलाको सुन्दर दृश्य यहाँबाट देख्न सकिन्छ । यहाँ १४१९ मिटरको उचाइमा होमस्टे छ ।
घट्यो तोरी लगाउने क्षेत्रफल
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सरकारले तेलहन बालीलाई प्रवर्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको भए पनि क्षेत्रफल विस्तारमा भने घट्दो रहेको छ ।
पर्यटकको रोजाइमा पुम्दीकोट
पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले नयाँ गन्तव्य भेट्टाएका छन् पुम्दीकोट । पोखरा महानगरपालिका–२२ मा फेवातालको माथि डाँडामा पर्ने पुम्दीकोट अचेल आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । ४० करोड रुपियाँको बृहत् गुरुयोजना अनुरूप काम भइरहेको यो कोटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमेत पुग्नुभएको थियो ।
अवैध दोहन गर्ने ५६ सवारी साधन नियन्त्रण
कास्की जिल्लाअन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी निकासी गर्ने विभिन्न ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।