पत्रकार महेन्द्र पाण्डेको निधन
गुल्मीको रेसुंगा घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आउनु भएका पत्रकार महेन्द्र पाण्डेको ५३ वर्षको उमेरमा निधन भएको छ ।
माछा मार्न गएका युवकको मृत्यु
पोखरा तुलसीघाटको सेती नदीमा माछा मार्न गएका एक युवकको शुक्रबार मृत्यु भएको छ । दिउँसो सवा ४ बजेतिर माछा मार्न गएका सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती किनारको भीरमाथिबाट खसेको ढुंगा लागेको प्रहरीको भनाइ छ ।
बसाइँसराइले रित्तिन थाले गाउँ
बसाइँसराइँले तनहुँका गाउँ रित्तिन थालेका छन् । रोजगारीका लागि जिल्लाबाट दैनिक एक सय युवा विदेश जाने गरेका छन् ।
करणी गर्नेलाई जन्मकैद
तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका-१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।
पर्वतको प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन ।
दुर्घटना घटाउन 'रिफ्लेक्टीभ स्टिकर'
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न स्थानमा ब्याक लाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने 'रिफ्लेक्टिभ स्टिकर' टाँसेका हुन् ।
डिएसपीको रक्तदानले अञ्जलीको स्वास्थ्य सहज
सामान्य सहयोग कसैको लागि अमुल्य योगदान बन्दछ र सहयोग गर्ने व्यक्ति महान् हुन पुग्छन् । गह्रौ प्राथमिक अस्पताल वालिङमा बिहीबार वडा प्रहरी कार्यालय वालिङका डिएसपी इकबाल हबारीको सहयोग त्यस्तै प्रमाणित भएको छ ।
बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन
बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो ।
गलेश्वरका होटल तथा पसलमा अनुगमन
धार्मिक स्थल गलेश्वरधाम क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा किराना पसलहरुको अनुगमन गरिएको छ ।
मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।
सेतो हिमाली गिद्ध भेटियो
नवलपुरको कावासोती–१३ मा स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा सेतो रङको हिमाली गिद्ध भेटिएको छ । गत आइतबार पहिलो पटक पूरै सेतो रङ भएको हिमाली गिद्ध भेटिएको हो । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रङको देखिएको थियो । नेचर गाइड प्रेम महतोले लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा हिमाली गिद्ध देखा परेको बताउनुभयो । वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम
तनहुँमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही मर्कामा
तनहुँमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । मङ्सिर २० गते प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको सरुवा भएको र हालसम्म पनि उहाँको स्थानमा कसैलाई नियुक्त नगरिएपछि दैनिक कामकाज समस्या भएको हो ।
पोखरामा प्याराग्लाइडिङ उडानको सिन्डिकेट तोडियो
पोखराको प्याराग्लाइडिङ उडानमा रहेको कार्टेलिङ अन्त्य भएको छ । अब प्याराग्लाइडिङ कम्पनीहरूले आफैँ शुल्क तोक्न र आफ्नै तरिकाले उडान भर्न पाउने छन् ।
मणिपालबाट सम्पर्कविहीन युवकको शव सेतीमा फेला
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ ।
बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
३४ युनिट रगत सङ्कलन
पुतलीबजार नगरपालिका–१ मा गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत सङ्कलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श क्याम्पसले बिहीबार नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।
पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ ।
खानेपानी समस्याले पठनपाठन प्रभावित
अर्जुन चौपारी गाउँपालिका ४ ले गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा विद्यालयको पाेशाकमै सुनुवाईमा सहभागी बिकले विद्यालय हिँड्ने र फर्केपछि खानेपनीको जोहो गर्न भौतारिँदा पठाई प्रभावित भएको गुनासो गर्नुभयो ।
ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी
घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी गर्नुभएको छ ।
यातायात आवागमनलाई सहज बनाउन कालोपत्रे
यातायात आवागमनलाई सहज बनाउन विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिनअन्तर्गत पूर्वी खण्डको कामलाई तीव्र पारिएको छ । स्तरोन्नतिअन्तर्गत कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।
एग्रो मनाङको जग्गा र रुख कटानबारे छानबिन गर्न माग
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ(दीपक मनाङे)ले मनाङको मनाङ डिस्याङ गाउँपालिका १ को पिसाङमा रहेको एग्रो मनाङले अवैधानिक काम गरेको भन्दै छानबिन गर्न माग गर्नुभएको छ ।
एक सय तेइस विद्यार्थीहरूलाई न्यानो कपडा
पूर्व विद्यार्थी मञ्चले श्रवण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपट वितरण गरेको छ । पुतली बजार–१४, लामागेमा रहेको श्रवण मावि अध्ययनरत १२३ जना विद्यार्थीहरूलाई एक लाख २५ हजार रुपियाँ बराबरको न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको हो ।
मौरीपालन, कफी र अलैँचीबाट आत्मनिर्भर
जनप्रतिनिधि भएपछिको काम र उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? जनप्रतिनिधिका रूपमा पहिलो भए पनि सामाजिक रूपमा विकास, निर्माणमा पहिल्यैदेखि सक्रिय थिएँ । स्थानीय सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले धेरै विषयवस्तु बुझ्ने मौका मिल्यो । युवा क्लब, बाटो समिति, संरक्षण समिति जस्ता जिम्मेवारी निर्वाह गरेकाले मलाई यो जिम्मेवारी वहन गर्न सहज नै भयो । पहिलो कार्यकालको
उत्कृष्ट सातमा बेनीको विद्यालय
म्याग्दीको बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ।नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले आर्थिक वर्ष २०७९/८० मा गरेको मूल्याङ्कनमा देशभरका सामुदायिक विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालय घोषित भएको हो । सात वटा प्रदेशका २१ विद्यालयको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मूल्याङ्कन गरिएको हो । गण्डकी प्रदेशतर्फ द्वितीय स्थान र नेपालभरमा सातौँ स्थानमापर्न सफल भएको हो।