• १३ साउन २०८१, आइतबार

तनहुँबाट पाँच हजार विद्यार्थीले एसइई दिँदै

blog

शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय । तस्बिर– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत्र ३ गते । तनहुँबाट चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि झण्डै साढे पाँच हजार बढी विद्यार्थी सामेल हुने भएका छन् ।

परीक्षाका लागि पाँच हजार चार सय ६२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । इकाईका अनुसार विद्यार्थी मध्ये  प्राविधिकतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी छन् । 

एसइईका लागि २६ परीक्षा केन्द्र तोकिएको इकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।