सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई गाउँपालिकाको नगद उपहार
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्रालाई एक हजार नगद सहितको बैंक खाता उपहार दिने भएको छ ।
प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ
ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ ।
स्थानीय पाठ्यपुस्तक 'धार्चे सेरोफेरो' तयार
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा धार्चे सेरोफेरो पाठ्यपुस्तक तयार भएको छ ।
बेपत्ता भएको चार महिनापछि वृद्धको शव फेला
बेपत्ता भएको ४ महिना पछि झुन्डिएको अवस्थामा वृद्धको शव फेला परेको छ । गोरखाको सहिद लखन गाउँपालिका – ३ का ८४ वर्षीय भीम बहादुर गुरुङ मङ्गलवार भुण्डिएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नमुना सदरमुकाम निर्माणको प्रक्रिया सुरु
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढ्ने भएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलमा चैत पहिलो साताबाट खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएसँगै पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत भवन निर्माणका लागि सघन सहरी तथा भवन निर्माण विभाग चितवन कार्यालयमार्फत प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउनुभयो ।
शिलान्यासको चार वर्षपछि भवन निर्माण सुरु गरिँदै
शिलान्यास गरिएको चार वर्षपछि नवलपरासी [बर्दघाट सुस्तापूर्व]को कावासोतीस्थित नमूना सदरमुकामस्थलमा भवन निर्माण सुरु हुने भएको छ । जिल्लाको नमूना सदरमुकाममा संरचना निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि रु ५० करोड स्रोत सुनिश्चित गरेपछि संरचना निर्माणको प्रक्रिया सुरु भएको हो ।
महिनामा दुई दिन पनि चल्दैनन् एटिएम
सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले हरेक शाखामा ग्राहकको सुविधाका लागि एटिएम मेसिन जडान गरेर सेवा दिने प्रयत्न गरेको भए पनि एटिएम मेसिन नवलपरासीपूर्वमा प्रयोगविहीन हुन थालेपछि ग्राहकसमेत अन्योलमा पर्न थालेका छन् । नवलपरासीपूर्वको गैँडाकोट, रजहर र कावासोतीमा राष्ट्रिय वाणिज्य बैङ्कको तीन वटा शाखा र एटिएम मेसिन रहेका छन् तर महिनामा दुई/तीन दिनबाहेक प्रायः बन्द हुने र बन्द नहुँदा पनि सेवा दिन नसक्ने अवस्थामा रहेकाले यहाँका एटिएमले ग्राहकको विश्वास जित्नुको साटो घटाइरहेको गैँडाकोटका सञ्जीव तिवारीले बताउनुभयो ।
टिआरसी विधेयक सहमतिमै पारित हुन्छ : मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) सबै पार्टीको सहमतिमै पास हुने बताउनुभएको छ।
नमुना सदरमुकामको प्रक्रिया अगाडि बढ्यो
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढ्ने भएको छ।
सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण
तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रर्याक) अन्तर्गत पुतलीबजार नगरपालिका-१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।
इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरू
सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् रु धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरू मज्जासँग फुटबल खेल्छन् ।
वार्षिक १३ करोडभन्दा बढीको सुन्तला बिक्री
गोरखा जिल्लामा यस वर्ष १३ करोड ५० लाख रुपियाँको सुन्तला कारोबार भएको छ ।
तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गिरी
आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो ।
'भेषजबिन्दु साहित्यिक पुरस्कार' बाट डा. ढकाल र 'साहित्य सम्मान’ बाट सापकाेटा सम्मानित
भेषजराज साहित्य प्रतिष्ठानले यस वर्षकोे ‘भेषजबिन्दु साहित्यिक पुरस्कार’ साहित्यकार डा. रजनी काफ्ले ढकाललाई र ‘भेषजराज साहित्य सम्मान’ शान्ति सापकाेटालाई प्रदान गरेको छ ।
गण्डकीको नेतृत्वमा एमाले र माओवादीको दाबी
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले गण्डकी प्रदेशमा आआफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य थालेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले र अहिलेसम्म गण्डकीमा नेतृत्व नपाएको माओवादी दुवैले प्रदेश सरकारको नेतृत्वका लागि कसरत थालेका हुन् ।
गाउँ फर्किंदै मनाङी
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीययाम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले चिसो बढेसँगै करिब तीन महिनादेखि सुनसान रहेको पदमार्गमा यतिबेला दैनिक पाँच दर्जनको हाराहारीमा विदेशी पर्यटक आउने गरेको बताउनभुयो ।
देवघाटमा नुहाउँदै गरेका वृद्ध बेपत्ता
तनहुँको देवघाट धाममा नुहाउने क्रममा बगाएर एक तीर्थयात्री बेपत्ता हुनुभएको छ ।
मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण
मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो ।
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् ।
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।
तिस हजार केजी बिउ उत्पादन
स्याङ्जा जिल्लामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउ उत्पादन भएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् । यहाँ सबैभन्दा धेरै फेदीखोला गाउँपालिकाका जैसीडाँडा आमा समूह १७ हजार ५८ केजी, राममन्दिर कृषक समूह ९१२ केजी र सहयात्रा कृषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेका हुन् ।
मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने कारबाहीमा
पोखरामा गत साउनयता मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन् ।
सामुदायिक विद्यालयका विद्यार्थी पढ्दै कमाउँदै
गोरखाको पालुङटार नगरपालिका-९ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय मिरकोटका विद्यार्थीहरूले १२ क्विन्टल आलु फलाएर राम्रो आम्दानी गरेका छन् ।
घट्दै चिसो बढ्दै पर्यटक
चक्रीय अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो ।