• १३ साउन २०८१, आइतबार

बेपत्ता भएको चार महिनापछि वृद्धको शव फेला

blog

गुणबहादुर रोका

सुलीकोट, फागुन ३० गते । बेपत्ता भएको ४ महिना पछि झुन्डिएको अवस्थामा वृद्धको शव फेला परेको छ । गोरखाको सहिद लखन गाउँपालिका – ३ का ८४ वर्षीय भीमबहादुर गुरुङ मङ्गलवार झुण्डिएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

सोही वडाको कुसुमपानीको  जङ्गलमा स्थानीयले झुण्डिएको अवस्थामा फेला पार्न साथ जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी टोली र स्थानीयको रोहबरमा मुचुल्का गरी सब आफन्तलाई बुझाइएको प्रहरीको भनाइ छ ।

झुन्डिएको अवस्थामा फेला परेको शवको छाला र हड्डी मात्र भएकाले गन्ध आउन थालेको  जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

गत कात्तिक महिनाको २० गते परिवारसँग बेपत्ता भएपछि केही दिन स्थानीयसँग मिलेर खोजतलास गर्दा कतै पनि नभेटिएकाले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय गोरखामा खोजिदिन माग गर्दै निवेदन दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।