खोले साग बिक्रीबाट मनग्य आम्दानी
नवलपुर जिल्लाको सिमसार क्षेत्रमा पाइने पालुङ्गे (खोले) सागको माग बढ्दो छ । गर्मी मौसममा अन्य सागको उत्पादन कम हुने भएकाले पनि खोले सागको माग बढ्दो छ।
सात दशक नाघेका रामबहादुरको लोभ लाग्दो कागती खेती
उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्ताबापतको मुआब्जा बुझेका छन् ।
‘बहादुर शाह’ उपन्यास लोकार्पण
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ नामक उपन्यास लोकार्पण गरिएको छ । उपन्यासको ज्येष्ठ नागरिक नारायणभक्त अर्यालले गर्नुभएको हो ।
अन्योलमा गण्डकीको सत्ता-राजनीति
केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
वसन्त ऋतुको सुरुआत । हिउँदको खडेरीले सुकेको पाखामा पालुवा हाल्ने तयारीमा रहेका बिरुवा । कोइलीको मनमोहक कुहुकुहुु आवाज । अनि म्याग्दी र कालीगण्डकी नदी वारपारका सडकछेउ तथा पाखामा फुलेको सिमल । यसैले बिर्साइदिन्छ जोकोहीको बिछोडको पल र प्रफुल्ल बनाइदिन्छ मन ।
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता
पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाविस रहेका छन् । कुल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, दक्षिणपश्चिममा कुस्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला छन् । गत २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट हिरादेवी शर्मा निर्वाचित हुनुभयो ।
महानगरले किसानलाई दियो २७ लाख
पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादनको लागतमा नोक्सानी बेहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य दिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्मलाई समर्थन मूल्यबापत कुल २६ लाख ७९ हजार सात सय ६१ रुपैयाँ प्रदान गर्नुभएको हो ।
पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान
पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ
९० घर भूमिहीनलाई लालपुर्जा
मध्यविन्दु नगरपालिकाले–१ सेतापानीका ९० घर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ ।
पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोट धार्मिक पर्यटकीयस्थलका रूपमा देश विदेशमा परिचित भएकाले यसलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
मानपुर-डेढगाउँ-बुलिङटार सडक कालोपत्र
ट्रयाक खुलेको २९ वर्षपछि यहाँको सडक कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेशको गौरव आयोजनाको रूपमा रहेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र गरिएको हो ।
कृषकलाई मकैको बिउँ वितरण
चापाकोटमा साना किसान कृषि सहकारी संस्थाले किसानहरूलाई मकैको बिउँ वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जासँगको समन्वयमा कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई मकैको बिउँ वितरण गरेको हो ।
ओलम्पिक खेलाडीहरूलाई गण्डकी सरकारको मासिक पाँच हजारसहित सम्मान
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।
एमाले अध्यक्ष ओली पञ्चकोटमा
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बागलुङको प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेल पनि रहनुभएको छ ।
कुँडुले–मालिका–पञ्चकोट सडक स्तरोन्नति गर्न थालियो
यहाँको स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको चार वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडक ढिलो गरी निर्माण व्यवसायीले काम थालेको हो ।
गरिब तथा विपन्न वर्गको अन्त्येष्टिका लागि निःशुल्क दाउरा
गोरखा नगरपालिका गोरखाले नगरपालिकाभित्रका गरीब, विपन्न वर्गका नागरिकहरुको मृत्यु पछि शवदहन गरी अन्त्येष्टि गर्नका लागि निःशुल्क दाउरा प्रदान गर्ने निर्णय गरेको छ ।v
माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
महायज्ञमा प्रकृति मन्थन
प्राकृतिक स्रोतमाथि भइरहेको अनुचित दोहनप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जल, जमिन र जङ्गलबिना प्राणी जगतको अस्तित्व नरहने भन्दै उनीहरुले चराचर जगतको अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका हुन् ।
ट्युबमाथि बसेर माछा मार्दा एक जनाको मृत्यु
माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ को नारायणी नदीमा रबरको ट्युबमाथि बसेर माछा मार्ने क्रममा ट्युबको हावा फुस्कँदा एक जनाको मृत्यु भएको हो ।
एमाले अध्यक्ष ओली आज पञ्चकोटमा आउँदै
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधवार दिउँसो बागलुङको प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन अध्यक्ष ओली दिउसो १ बजे यहाँ आउन लाग्नुभएको हो ।
हिमपहिरोले सडक अवरुद्ध
आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१, ढुकुरपोखरीमा हिमपहिरो गएको छ । हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत पूरै अवरुद्ध भएको छ । ठुलै हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने प्रयास जारी छ, अलि जोखिमयुक्त भएको तथा पहिला पनि दुर्घटना भएकाले उच्च सतर्कताका साथ समन्वयमा काम भइरहेको छ ।” उहाँका अनुसार ढुकुरपोखरीमा गएको उक्त हिमपहिरो मस्र्याङ्दी नदीमा आइपुगेको छ ।
बेनी–जोमसोम–कोरला सडक आसपासका घरटहरा भत्काउन थालियो
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
डिभिजन वनको लापर्वाही, बाघ मरेको १७ दिनपछि नमुना काठमाडौंमा
नवलपुरमा एक हप्ताको अन्तरालमा २ वटा दुर्लभ पाटे बाघ मारिएको भए पनि बाघको मृत्युको कारण र मार्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन ।