पोखरा र लुम्बिनी विमानस्थल सञ्चालनमा सरकारको बेवास्ता : ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताउनुभएको छ ।
गुरुङ संस्कृतिमा विवाह गर्न बेलायतदेखि तनहुँमा (फोटो फिचर)
बेलायत निवासी एक जोडीले गुरुङ संस्कार अनुसार विवाह गरेका छन् । लामो समयदेखिको प्रेमलाई मार्क टोवन्सेन्ड र र रुथ टोवन्सेन्डले तनहुँको भानु नगरपालिका– १२ स्थित मिर्लुङ, ओख्लेबाट विवाह गर्नु भएको हो ।
स्वर्ण पदक विजेता गुरुङको सम्मान
काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।
ठगी मुद्दामा जनप्रतिनिधिसहित चार पक्राउ
पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।
अबको पर्यटन छुट्टै हुनुपर्छ : अर्थमन्त्री डा. महत
शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गर्नुभयो।
सिंचाइँ सुविधाले कृषकलाई राहत
नवलपुरको कावासोती –३ मा डिप ट्युबवेल सिंचाइँ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिंचाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने यस क्षेत्रका कृषक अहिले सिंचाइँ सुविधा पुगेपछि खुसी भएका हुन् ।
सरकारको मिसन भ्रष्टाचारको अन्त्य : कानुन मन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारको मिसन भ्रष्टाचारको अन्त्य भएको बताउनुभएको छ ।
देश सपार्न एमालेकै नेतृत्व चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले झन् सङ्कटतिर गएको दाबी गर्नुभएको छ । नेतृत्वको असक्षमताका कारण देश ओरालो लागेको उहाँको भनाइ छ ।
पोखराको नयाँ बजारमा व्यापार मेला सुरु
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ।
पञ्चकन्यालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सब २०८० को उपाधि पञ्चकन्या माबिले हात पारेको छ । पञ्चकन्याले ११ स्वर्ण, ११ रजत र चार कास्य पदकसहित २६ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
अव्यवस्थित सडक निर्माणले पहिरो बढ्ने
यो पछिल्लो पाँच वर्षको तुलनात्मक अवस्था भएको जोखिमविद् निरोज तिमिल्सिनाले जानकारी दिनुभयो ।
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालको हिउँ र ताल
जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् ।
दान सङ्कलनबाट विद्यालयको पक्की भवन
भवन बनाउन दान गर्ने दाताकै नामबाट कक्षा कोठा नामकरण गरिएको विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले जानकारी दिनुभयो ।
सरकारले राष्ट्रियताको पक्षमा काम गर्न सकेन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर ठाडो पारेर काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
आधारभूत रङ्गशाला, बजेट आयो कार्यान्वयन भएन
बागलुङको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने योजना बुनेको धेरै वर्ष भयो । सङ्घीयतापछि नै दुईपटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना अधुर रहेको छ ।
नारायणगढ–बुटवल सडक : आधा काम पनि सकिएन
साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ साल चैतमा नारायणगढ–बुटवल सडकको शिल्यान्यास गरिएको थियो तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सकिएको छैन । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।
बन्दीपुरकी एक महिला छोरीसहित बेपत्ता
तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षकी छोरीसहित एक साता अघि देखि हराउनु भएको छ ।
सुनसान बन्दै नार्पाभूमि
मौसम प्रतिकूल बनेसँगै नार्पाभूमिका स्थानीय बेँसी झरेका छन् । उच्च हिमाली भेगमा हिमपात हुन थालेपछि पशु चौपायासहित उनीहरू बेँसी झरेका हुन् । बाक्लो हिमपातले जनजीवन कष्टकर बन्दै जाँदा नार्पाभूमि सुनसान हुँदै गएको छ । नार्पाभूमि गाउँपालिका तिब्बतसँग सीमा जोडिएको र सदरमुकामबाट दुई दिनको पैदल यात्रापछि मात्र पुगिने तथा उच्च हिमाली भागमा पर्छ । गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले हिमपात भएपछि स्थानीय बेँसी झर्न थालेको जानकारी दिनुभ
सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती
केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ ।
मुग्लिन–पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो ।
छोरी जन्मिए पाँच हजार सहित खाता खोलिदिने
स्याङ्जाको गल्याङ नगरपालिकाले छोरीको जन्मदर बढाउन ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय छोरीहरूको जन्मदर कम हुँदै गएको भन्दै पालिकाले यस्तो कार्यक्रम सुरु गरेको जनाएको छ
मानवअधिकारका नाममा समाजलाई दिक्भ्रमित नबनाउन मुख्यमन्त्री पाण्डेकोे आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मानवअधिकारका नाममा समाजलाई दिक्भ्रमित नबनाउन आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीद्वारा कालिका भगवती मन्दिरको दर्शन
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङस्थित कालिका भगवती मन्दिरको दर्शन र पूजा गर्नुभएको छ । अध्यक्ष ओलीसहितका नेताहरू मन्दिर पुगेर आज पूजाआजा र दर्शन गर्नुभएको हो ।
माछामा आत्मनिर्भर बन्दै किसान
पूर्वी नवलपरासीमा माछा पालनमा किसानको आकर्षण बढ्दै गएपछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाको दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका कावासोती, देवचुली, मध्यबिन्दु नगरपालिकाका धेरै भागमा व्यक्तिगत तथा सामूहिक रूपमा माछापालन गरिँदै आएको छ ।