• १६ भदौ २०८१, आइतबार

गलेश्वर मन्दिरमा दर्शनार्थीको भिड

blog

बेनी नगरपालिका–९ स्थीत गलेश्वरधाम मन्दीरमा लागेको दर्शनार्थीको भिड । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
फागुन २५ गते । 
हिन्दूधर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।

शिवरात्रिको पावन अवसरमा दर्शन तथा पूजा अर्चनका लागि बिहान ४ बजे देखिनै तीर्थालुहरू मन्दिरमा पुगेका थिए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले मन्दिर परिसरमा बिहान ४ बजे देखिनै दर्शनार्थीहरु आउन थालेको बताउनुभयो । विगतका वर्षहरूमा भन्दा अहिले दर्शनार्थीको भिड निकै बढी उहाँ बताउनुहुन्छ ।


मन्दिरको सुरक्षा व्यवस्थाको अनुगमन तथा दर्शन एवम् पूजा अर्चनाका लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब उपरीक्षक मदन कुँवर, मुख्य अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायतको टोली पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

पूजा अर्चनका लागि आउनेहरूको सुरक्षाका लागि कुनै कसर बाँकी नराखिएको उहाँको भनाइ छ । मन्दिरमा दर्शन तथा पूजा अर्चनका लागि म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा लगाएका क्षत्रबाट पनि दर्शनार्थीहरु मन्दिरमा दर्शनका लागि आएको मन्दिरका पुजारीको भनाइ छ ।