• ११ जेठ २०८१, शुक्रबार

उपप्रमुखद्वारा प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २५ गते । गोरखा नगरपालिकाको १३ औ नगर सभा समापन पछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । उपप्रमुख मसली माया थोकर सहित नेपाली काङ्ग्रेसबाट निर्वाचित नगर सभाका सदस्यहरूले बिहीबार एक बिज्ञाप्ती जारी गर्दे नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहार प्रति आपत्ति जनाएका छन् ।

नगर सभाको १३ औ अबिधेशनका अध्यक्षबाट प्रस्तुत कार्यसूचीमा दफादार छलफलका लागि समय उपलब्ध गर्न नगर सभा सदस्यहरूले माग गर्दा गर्दै सभाका अध्यक्ष ज्युले समय उपलब्ध नगराएको र कार्यसूची बमोजिमका विषयमा बहुमत र अल्पमतको समेत ख्याल नगरी नगर सभा सदस्यहरूको आवाजलाई बेवास्ता गरी एकलौटी ढङ्गले स्वीकृति गर्दै सभा अन्त्य भएको घोषण गर्नु भएको बिज्ञाप्तीमा भनिएको छ । 

प्रमुख प्रशासकीय अधिकृतको समन्वयकारी भूमिका र अर्कमण्डयताका कारण नगर सभाका सदस्यहरूले भाग लिने अधिकारबाट वञ्चित गराइएकाले पुन नगर सभाको आब्हन गरी कार्यसूची बमोजिमको नयाँ सिराबाट सभा सञ्चालनको व्यवस्था मिलाउन काङ्ग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरूले माग गरेका छन् । 

यता गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले सबै विधि र प्रक्रिया पुरा गरेर सभा सञ्चालन गरिएको बताउनु भयो । हामी उपप्रमुख सहित पटक पटक बैठक बसेर सबैको सहमतिले निर्णय गरेर नगर सभा गरेका हौ, उहाँले भन्नु भयो, “विधि र प्रक्रिया अनुसार कार्यसूचीमा भएका विषयवस्तुहरू पास गर्दै गएर अन्तिममा सभा समापन गरिएको हो ।”

एक्कासि सभा सकिएपछि विरोध गर्नु भयो के कारणले हो मलाई जानकारी छैन । अन्य विषयवस्तु भए खुला छलफल गर्न आफू तयार रहेको उहाँको भनाई छ ।