• १६ भदौ २०८१, आइतबार

नेकपा एमाले गोरखाको जिल्ला अधिवेशन आजबाट सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २५ गते । नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आज २ बजेबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गोरखा नगरपालिका-८ को चाईनिजधारामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पुरा भएता पनि हाम्रो कार्यक्रमको प्रमुख अतिथि पृथ्बी सुब्बा गुरुङको केही ढिला गरी आउनुहुने भएकाले ११ बजे तोकिएको कार्यक्रम केही ढिला हुन पुगेको हो । 

अधिवेशनमा उपस्थित हुनका लागि जिल्लाका ११ वटै पालिकाहरूबाट प्रतिनिधि सहभागी भइसकेको नेकपा एमाले गोरखाले जनाएको छ । अधिवेशनमा भाग लिन प्रत्येक वडाबाट २ जना पुरुष र १ जना महिला अनिवार्य गरिएको हो । 

त्यसैगरी समावेशी अन्तर्गत विभिन्न कलष्टरबाट प्रतिनिधि रहेको उपाध्यक्ष नेपालीको भनाइ छ । उत्पीडितका हकमा ४ जना, पार्टी सदस्य बराबर १ प्रतिनिधि, ३३ प्रतिशत महिला लगायत ४० वर्ष मुनिका अपाङगा, अल्पसङ्ख्या र युवा मजदुर सीमान्तकृत विद्यार्थी समेत गरी २३ वटा जनसङ्गठनहरूको प्रतिनिधि रहने भएको छ । 

यो अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्दै सहमति भए शनिबार सकिने नभए आइतबारसम्म लम्बिने नेकपा एमालेको जिल्ला उप सचिव विशाल थापाले बताउनुभयो ।