'अलिखित पाना' विमोचन
गुप्ततारा स्मृति प्रतिष्ठान वालिङ स्याङ्जाले वालिङ नगरपालिका-६, मिर्दीमा कथाकृति विमोचन तथा विमर्श कार्यक्रम गरेको छ ।
कृषकलाई आलु लगाउने चटारो
हिउँद लागेसँगै जाडो छल्न बेँसी झरेका र काठमाडौँ, पोखरालगायतका सहर पसेका मनाङी कृषकहरू अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त रहेका छन् ।
बुङकोट आधारभूत स्वास्थ्य केन्द्र निर्माण
गोरखाको सहिदलखन गाउँपालिका–८ मा रहेको महादेव थुम्काडाडामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको छ ।
यु–१३ अन्तर विद्यालय २०८० को उपाधि द ओल्डक्यापिटल माविलाई
यु –१३ अन्तर विद्यालय २०८० को उपाधि द ओल्डक्यापिटल माविले हात पारेको छ ।लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २–० गोलले पराजित गर्दै द ओल्ड क्यापिटल माविले उपाधि जित्न सफल भएको हो ।
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
झाडी फाँडेर सुन्तलाखेती
बिस वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थाल्नुभएको छ ।
पन्ध्र करोड लागनीमा सुविधासम्पन्न होटल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी कोरिडोरमा खुलेका नयाँ सुविधासम्पन्न होटलले पर्यटकलाई सुविधा पुगेको बताउनुभएको छ ।
मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान
पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो ।
कला प्रदर्शनी सुरु
पोखरामा शनिबारबाट प्रथम प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सुरुआत गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको संयोजन सिर्जनशील कलाकार समूह पोखराले गरेको हो । ७४ कला प्रदर्शनीमा रहेको कार्यक्रम २३ गतेसम्म चल्ने छ । उपकुलपति लामाले कला समाजबाट निरपेक्ष हुन नसक्नेमा जोड दिनुभयो । “कलाकार केवल रङ र कुची चलाउने मान्छे होइन, कला सामाजिक रूपान्तरणको माध्यम पनि हो,” उहाँले भन्नुभयो, “हामी अहिले प्रदेशसम्म आइपुगेका छौँ, चाँडै स्थानीय तहसम्म पुग्नु छ ।”
प्रधानमन्त्री प्रचण्डद्वारा पञ्चकोट अवलोकन (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शनिबार बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन र दर्शन गर्नुभएको छ ।
चिटिक्क परम्परागत तमान गाउँ (फोटो फिचर)
बागलुङको तमानखोला गाउँपालिका–३, स्थित रहेको तमान गाउँ चिटिक्क बनेको छ । केही समथर, केही भिरालो भूभागमा गुजुमुजु परेका घरहरू छन् ।
‘आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताउनुभएको छ ।
पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश
गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ ।
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत
बागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ । गाउँपालिकाले लम्पी स्किन र हावाहुरीबाट प्रभावित किसानलाई राहत दिन थालेको हो ।
बेनी-मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ ।
संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।
प्रधानमन्त्री बागलुङको पञ्चकोटमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बागलुङको पञ्चकोटमा आउनुभएको छ । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्त श्री ब्रह्माण्डीय महायज्ञको एघारौँ दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बागलुङ आउनुभएको हो ।
साढे २ महिनापछि मुस्ताङमा हवाई उडान
मुस्ताङमा साढे २ महिनापछि हवाई सेवा सञ्चालनमा आएको छ । पोखरा–जोमसोम हवाई सेवा शुक्रबारदेखि सञ्चालनमा आएको थियो ।
बेँसीसहर-चामे सडक दुई दिन बन्द रहने
पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्ला जोड्ने एक मात्र बेँसीसहर-चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ ।
दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
म्याग्दीको सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।
‘गंगाजीका शिला अयोध्यामा’ भजन सार्वजनिक
म्याग्दीका गायक तथा कलाकार ध्रुव जिसीले ‘गंगाजी का शिला अयोध्यामा’ भजन सार्वजनिक गर्नुभएको छ । आधुनिक समयमा पनि भजनको महत्त्व र पवित्र तीर्थस्थल कालिगण्डकीको शीलाको महत्त्व दर्साउन महत्त्वपूर्ण हुने हेतुले गंगाजीका शिला सार्वजनिक गरिएको गायक कलाकार जिसीले बताउनुभयो ।
विद्यालयलाई एक करोड सहयोग जुट्यो
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनः मिलन अभियानमार्फत सो रकम सङ्कलन भएको हो ।
जलवायु परिवर्तनका कारण आउन सक्ने बाढी नयाँ चुनौती
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बर्सात भई नदीनालामा आउन सक्ने बाढीको सम्भावना नयाँ चुनौतीका रूपमा देखिएको बताउनुभएको छ । यस्ता घटनाले हिमाली खोलाका किनारमा रहेका बजारहरूलाई भविष्यमा थप जोखिमयुक्त बनाउने सम्भावना रहेको बताउँदै उहाँले विपत् न्यूनीकरणका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।