• १३ साउन २०८१, आइतबार

विपन्न दलित परिवारलाई पाडी वितरण

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत ५ गते । गोरखा नगरपालिका – १ ताप्लेका विपन्न दलितहरूलाई २१ वटा भैँसीको पाडी वितरण गरिएको छ । आइतबार गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले एक कार्यक्रमका बिच दलित जनजागरण आमा समूहका २१ घरधुरीलाई भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिका – १ का वडा अध्यक्ष हिक्मतबहादुर कुबेरले बताउनुभयो ।

 गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नगर सभाबाट पारित जीविकोपार्जन कार्यक्रम अन्तर्गत रु.  ५ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । त्यसै अनुरूप जीविकोपार्जन कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका – १ ताप्लेको दलित बस्तीमा भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।  

उहाँका अनुसार गोरखा नगरपालिका गोरखामा धेरै दलित समुदायको आर्थिक अवस्था कमजोर भएकाले त्यस समुदायलाई माथि उकास्न नगरपालिकाले जीविकाेपार्जन कार्यक्रम लागु गरी कार्यान्वयनमा ल्याइएको मेयर रानाले बताउनु भयो । 

 नगरपालिकाले पहिलो पटक एक नम्बर वडामा मात्र लागु गरेको छ । आगामी नगर सभाबाट १४ वटै वडाका विपन्न दलितलाई आयआर्जनमा टेवा पुग्ने गरी कार्यक्रम ल्याइने उहाँको भनाइ छ ।

नगरपालिकामा – १ मा दलित समुदायको बाक्लो बसोबास छ । विपन्न दलित समुदायमा आर्थिक अवस्था असाध्यै कमजोर रहेकाले आर्थिक अवस्था माथि उकास्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान हुने नगरपालिकाले विश्वास लिएको छ । 

भैँसीको पाडी पाउनु मात्र ठुलो नभएकाले यसबाट हामीले लिन सक्ने उपलब्धिको बारेमा मेयर रानाले  विपन्न किसानलाई भन्नुभयो,“तपाईँहरू इमानदार साथ भैँसी पालेर दूध उत्पादन गर्नुस् त्यसको सम्पूर्ण जिम्मेवारी गोरखा नगरपालिकाले लिनेमा ढुक्क रहन विश्वास व्यक्त गर्नुभयो ।”

दलित समुदायको आर्थिक अवस्था सुधारका लागि गोरखा नगरपालिका भित्रका १४ वटामध्ये १ नम्बर वडाको दलित जनजागरण आमा समूहमार्फत विपन्न दलितहरूलाई छनोट गरी भैंसीको पाडी वितरण गरिएकोमा खुसी व्यक्त गर्दै गोरखा नगरपालिका गोरखा र मेयर रानालाई दलित जनजागरण आमा समूहमा अध्यक्ष राममायाँ नेपालीले धन्यवाद दिनुभयो । 

 दलित समुदायलाई भैंसीको पाडी वितरण गरी आर्य आर्जनमा थप टेवा र हौसला प्रदान गरी खुसी प्रदान गरेको दलित जनजागरण आमा समूहका अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।