• १३ साउन २०८१, आइतबार

आलुखेती गर्ने कृषकलाई अनुदान

blog

कृषकले उत्पादन गरेको आलु प्रदर्शनीमा । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, चैत ११ गते । फेदिखोला गाउँपालिकाले किसानले उत्पादन गरेको आलुमा अनुदान दिएको छ । पालिकाले आलु पकेट विस्तार गरेसँगै प्रवर्धनमा जोड दिने उद्देश्यले सकेटारीमा गरेको प्रथम आलु प्रदर्शनीमा अनुदान कार्यक्रम अन्तर्गत प्रतिकेजी पाँच रुपियाँ २५ पैसा अनुदान दिएको हो । 

कृषिउपज बजार ब्यवस्थापन सहकारी संस्था लिमिटेड र फेदिखोला साना किसान कृषि सहकारी संस्था लिमिटेड सेवा केन्द्रको ब्यवस्थापनमा प्रदर्शनी गरिएको छ । प्रदर्शनीको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले किसानलाई कृषिक्षेत्रबाट आत्मनिर्भर बनाउनेगरी काम गरिरहेको बताउनुभयो । 

किसानका उपजलाई पालिकाले थप अनुदान दिएर हौसला बढाउनेगरी पालिकाले काम गरेको बताउनुभयो । किसानका लागि आवश्यक बीउविजन, उत्पादन र बिक्रीमा समेत सहयोग गर्दैआएको उहाँको भनाइ छ । 

४४ घरधुरीले गरेको प्रदर्शनीमा जनकदेव, खुमल उज्ज्वल लगायतका ६ टन आलु किनबेच भएको थियो । आलुबाट बनाइने बिभिन्न परिकार पनि बनाएर बिक्री एवं प्रदर्शनी गरिएको छ । 

प्रदर्शनी राखिएका आलुको प्रतिकिलो ३५ रुपियाँ तोकिएको छ । पालिकाले सोही रकममा अनुदान दिएको कृषि शाखा प्रमुख बिशाल खड्काले बताउनुभयो ।