• १३ साउन २०८१, आइतबार

तान्द्राङ खोलामा चार महिनामा बेलिब्रिज

blog

बेलिब्रिज बनेको क्षेत्र। तस्बिर सौजन्य : गोविन्द श्रेष्ठ

गुणबहादुर रोका 

सुलीकोट, चैत १० गते। गोरखाको भिमसेनथापा गाउँपालिकाको तान्द्राङ खोलामाथि चार महिनामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ८ घाटबेशी र ४ नम्बर वडाको बालिमटार जोड्ने बेलिब्रिज एक वर्षमा सम्पन्न हुने सम्झौता भएता पनि चार महिनामा बेलिब्रिज निर्माण भएर सम्पन्न भएको गोरखा सडक आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार बेलिब्रिज निर्माणका लागि जलप होम जेभीसँग २०८० साल मङ्सिर १५ सम्झौता भएर २०८१ साल मङ्सिर १५ गते नै एक वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले चार महिना नपुग्दै चैत ७ गते नै काम सम्पन्न गरेको हो। उक्त पुल बनेपछि बेनीघाट आरुघाट लार्के सडकखण्ड आवतजावत सहज भएको छ। पुल २४.४ मिटर लम्बाइको छ। 

बेलिब्रिजसँगै वारिपारि ५०/५० मिटर ‘एप्रोच रोड’ समेत निर्माण भएको छ। गोरखा आयोजना र जलप होम जेभीसँग कुल तीन करोड ८९ लाख ८३ हजार भ्याट सहितको लागत बजेटमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो। 

अहिले तान्द्राङ खोलाबाट बेलिब्रिज बनेपछि उत्तरी गोरखाका धार्चे, चुमनुब्री, आरुघाटका र धादिङका हजारौँ नागरिक लाभान्वित हुनेछन्।