• १३ साउन २०८१, आइतबार

करेन्ट लागेर एक जनाको मृत्यु

blog

अर्जुन काफ्ले
स्याङ्जा, चैत ११ गते
। अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर स्थानीय ५४ वर्षीय हर्कबहादुर गोदरको मृत्यु भएको स्थानीय ऋषि तिवारी(राजु)ले बताउनुभयो । गोदार घर नजिकैको गोरेटो बाटो हिँड्ने क्रममा हाइटेन्सन लाइन चुटेर घाटीमा छोइँदा घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी घटना स्थलमा पुगेको र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो क्रममा हाइटेन्सन लाइन चुट्ने र घटना घट्ने क्रम बढ्दै गएको छ ।